७ वैशाख २०८१ शुक्रबार

प्याराग्लाइडिङ उडान बन्द गर्नु हतारको निर्णयः व्यवसायी

पोखराको आकाशमा बेलाबेला प्याराग्लाइडिङ दुर्घटना हुँदै आएका थिए। ती दुर्घटनामा बेलाबेला मानवीय क्षति समेत हुने गरेको छ। पछिल्लो आइतबार पनि खेलमा प्रतिश्पर्धा गर्ने क्रममा दुर्घटना हुँदा खेलाडीको ज्यान गयो। दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनिश्चितकालिन समयका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएकोमा पोखराका पर्यटन व्यवसायीले असन्तोष जनाएका छन्। जतिसक्दो छिटो प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने समेत व्यवसायीको चेतावनी छ।

प्रशिक्षणका क्रममा प्याराग्लाईडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु

पोखराको आकाशमा प्याराग्लाइडिङ उडानको प्रशिक्षणका क्रममा फेवातालमा खसेर दुर्घटनामा परी घाइते भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

प्याराग्लाइडिङ दुर्घटना अध्ययनः गलत दिशामा जमिन नजिकबाट मोड्दा दुर्घटना

जमिनभन्दा २ सय मिटर माथि मात्र उड्ने र त्यसपछि अवतरणको तयारी गर्नुपर्ने हो । तर, त्यो दिन पाइलटले जमिनभन्दा झन्डै ५० मिटर माथि उडिरहँदा एकाएक मोडिन खोज्दा सन्तुलन बिग्रेछ ।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः उड्दाउड्दै फूल टिप्ने पाइलटलाई कार्बाही हुने

आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कार्बाही हुने भएको छ।

प्याराग्लाइडिङमा उच्छृंखलता

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्