२ माघ २०८१ बुधबार
image/svg+xml

मत गणना महिलाको जिम्मा

चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मत गणनामा महिलाहरू मात्रै राख्ने सोच बनाएको बताएका छन् ।  ‘मेरो मनमा यस्तो सोच पलाएको छ । म दलका नेता ज्यूहरूसँग आग्रह गर्दछु । सबै प्रतिनिधिहरू महिला पठाइदिनुस् । चितवनबाट एउटा नमूना योग्य काम सुरु गरौं,’ निर्वाचन सम्बन्धि मंगलबार भरतपुरमा आयोजना भएको कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शर्माले आग्रह गरे ।

बाध्यकारी कानुन नहुँदा प्रत्यक्षतर्फ महिला उम्मेदवार कम

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत महिला उम्मेदवारको सहभागितासम्बन्धी बाध्यकारी कानुन नहुँदा प्रत्यक्षतर्फ महिला उम्मेदवार कम भएको बताएकी छन् ।

‘समानुपातिक प्रणाली महिलाका लागि देखाउने दाँत बनेकोे छ ’

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेकोतर्फबाट समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएकी अधिकारकर्मी शर्मिला कार्कीले महिला सहभागिताका विषयमा समानुपातिक निर्वाचन प्रणाली दलहरुलाई देखाउने दाँत मात्रै भएको बताएकी छन् । उनले पार्टीभित्र लामो संघर्ष गरेका महिलाहरु र प्रत्यक्ष निर्वाचनमा पनि जित हात पार्न सफल महिलाहरुलाई समानुपातिक सूचिमा राखिएको बताइन्।

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ । कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन्।

दोस्रो चरणको निर्वाचनमा ३३५ महिलाको उम्मेदवारी

आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन्।

‘शक्तिशाली’ महिलाकाे सूचीमा प्रियंका

बलिउडकी ‘देशी गर्ल’का रूपमा परिचित नायिका प्रियंका चोपडा विश्वकै सय शक्तिशाली महिलाको सूचीमा परेकी छन् । बलिउडबाट हलिउडको यात्रामा संघर्षरत प्रियंकालाई ‘फोब्र्स’ पत्रिकाले सार्वजनिक गरेको सय शक्तिशाली महिलाको सूचीमा ९७ औं स्थानमा परेकी छिन्।

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

प्रदेश नम्बर सातबाट चारजना मात्रै महिला उम्मेद्वार

प्रतिनिधिसभा र प्रदेशसभा निवार्चनका लागि प्रदेश नम्बर सातबाट दलहरूले चारजना महिलालाई मात्रै उम्मेद्वार बनाएका छन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका लागि १६ निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर सातमा नेपाली कांग्रेसले दुई जना र एमाले–माओवादीले एक–एक जना महिलालाई उम्मेद्वार बनाएका हुन्।

हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन आग्रह

खोटाङका अधिकारकर्मी लगायतले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । जिल्ला कानुनी सहायता समिति सामाजिक कानूनी सहायता केन्द्रले दिक्तेलस्थित होटल इन्द्रेणीमा आयोजना गरेको महिला तथा बालबालिका विरुद्धको अपराध उजागर गर्ने विषयमा सरोकारवाला निकाय र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले पीडित महिला तथा बालबालिकामैत्री कलम चलाउन पत्रकारलाई आग्रह गरेका हुन्।

रोजगारीको लागि चीनको केरूङ जाने महिला बढे

नेपालको उत्तरी व्यापारिक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको सङ्ख्या बढेको छ। केरूङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेर्होन नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका छन्।

खोटाङमा एक्ली महिला उम्मेदवार बजिमय

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा एक महिलाले मात्र चुनावी मैदानमा उत्रिने अवशर पाएकी छन्।

उम्मेदवार चयनमा महिला सञ्जालको आपत्ति

प्रदेशसभा र प्रतिनिधिसभाका लागि पहिलो चरणको निर्वाचनमा ठूला दलहरुले नै ऐनअनुसार महिला उम्मेदवार नदिएकामा अन्तरपार्टी महिला सञ्जालले आपत्ति जनाएको छ । राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले सो आपत्ति जनाएको हो।

महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग

विभिन्न पार्टीका नेत्रीले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका छन्। अन्तर पार्टी महिला सञ्जालले आयोजना गरेको ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयक अन्तरक्रिया उनीहरूले स्थानीय तहमा न्यूनतम ५० प्रतिशत, प्रदेश सभामा न्यूनतम ४० प्रतिशत र प्रतिनिधि सभामा न्यूनतम एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन्।

महिला केवल कोटाको विषय होइन

‘दिदी प्रत्यक्ष उम्मेदवारीका लागि पार्टीमा यहाँहरूले लबी गरिदिनुप¥यो । म, रामकुमारी झाँक्री दिदी जस्ता व्यक्तिहरूले समानुपातिकमा होइन, प्रत्यक्षमा चुनाव लड्नुपर्छ । जहाँ हरेक किसिमको अनुभव गर्न सकिन्छ । चाहे जीत होस् वा चाहे हार ।’

दलको रोजाइमा परेनन् महिला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ धादिङबाट पुरुषमात्रै भिड्ने भएका छन्। जिल्लामा क्रियाशील सबै दलले आइतबार मनोनयन दर्ता गराए पनि महिलाको नाम समावेश हुन सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्