९ आश्विन २०८१ बुधबार
image/svg+xml

डेङ्गु नियन्त्रण गर्न आर्थिक सङ्कट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ। आव २०७५/७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ। तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन्।

महामारी फैलिँदा ५० बढी बाख्रा मरे

नेपालगन्ज उपमहानगरपालिका–२३ मा बाख्रामा महामारी फैलिएको छ। करिब दुई सातादेखि फैलिएको महामारीले अहिलेसम्म किसानको ५० भन्दा बढी खसी र बाख्रा मरिसकेको वडा नम्बर २३ का वडाध्यक्ष मोहम्मद हुसेन शेखले जानकारी दिए।

फेरि थुनियो महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ ।

झाडापखालाको प्रकोप नियन्त्रणउन्मुख

गत मंगलबार झाडापखाला लागेका पाँच बिरामी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आएपछि झाडापखाला फैलिएको बारे स्वास्थ्यकर्मीलाई जानकारी भएको थियो।

डेंगु महामारीले पूवाञ्चल क्याम्पसमा पठनपाठन स्थगित

दुई सातायता सो क्याम्पसमा अध्ययनरत विद्यार्थीमा डेंगु ज्वरो देखिन थालेको थियो। डेंगु ज्वरोका बिरामी विद्यार्थीको संख्या बढ्दै गएपछि उनीहरूमा मनोवैज्ञानिक त्रास फैलिएको छ।

अफ सिजनमा डेंगुको महामारी

गत वैशाख ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रगत परीक्षणको क्रममा एकजना बिरामीको रिपोर्टमा डेंगु पोजेटिभ देखियो। चिकित्सकहरूको सल्लाहमा उपमहानगरपालिकाले बिपी प्रतिष्ठानका दुईवटा मेसिन मगाएर जोखिम क्षेत्रमा फगिङ (धुँवा फालेर मच्छर मार्ने) गरियो। यसअघि सन् २०१८ र २०१६ मा पनि धरानमा डेंगुका बिरामी भेटिएका थिए। डेंगु संक्रमण भेटिएको क्षेत्रमा फगिङ गरेपछि त्यसबेला नियन्त्रणमा आएको थियो। सोही अनुभवका आधारमा चिकित्सक र जनप्रतिनिधिहरूले यसपालि पनि डेंगु चाँडै नियन्त्रणमा आउला भन्ने आशा गरेका थिए। तर, वैशाख ३१ गतेयता हरेक दिन ज्वरो आएको भन्दै अस्पताल धाउने बिरामीको संख्या बढ्दै गयो भने परीक्षण गर्दा डेंगु पाजेटिभ हुने बिरामीहरू पनि दिन–प्रतिदिन बढ्दै गए। डेंगुका बिरामी कुनै एउटा वडामा सीमित रहेन, वडा १५ मा देखिएको डेंगु संक्रमण अन्य वडामा पनि फैलियो।

महामारीका लागि पठाएकाे औषधिको म्याद बाटोमै गुज्रियो

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो।

धुलाम्मे मन्थली, सास फेर्नै सकस

बढ्दो गर्मीसँगै उड्ने धुलोले मन्थलीवासी आजित बनेका छन्। अत्यधिक धुलोका कारण महामारी फैलने स्थिति बन्दा पनि स्थानीय जनप्रतिनिधिमा भने कुनै चासो र चिन्ता देखिँदैन। सडकभरि धेलैधुलो, त्यसमाथि सवारीसाधनको अत्यधिक चाप र तीव्र गतिको हँकाइ, यतिबेला सदरमुकाम मन्थली बस्नयोग्य नभएको अनुभूति हुने गरेको सर्वसाधारण बताउँछन्। यस्तो अवस्थामा पनि मौन बसेको भन्दै सर्वसाधारणको आरोप खेपिरहेको नगरपालिका भने स्रोतसाधन र जनशक्ति नहुँदा समस्या निम्तिएको भन्दै पन्छिने गरेको छ।

अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ।

महामारी फैलिएको हुम्लामा चिकित्सक र औषधि

अज्ञात रोगले महामारीको रुप लिएपछि गाउँमा औषधि सहित चिकित्सकको टोली पुगेको छ। नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका पहलमा आइतबार बिहान नेपाली सेनाको हेलिकप्टरले चिकित्सक सहित औषधि गाउँमा पु-याएको हो।

वर्षातका स्वास्थ्य समस्या

गर्मी मौसममा तापक्रमको वृद्धिसँगै भिँगा, लामखुट्टे, उडुस, उपियाँको वृद्धिका कारण विभिन्न थरिका संक्रामक रोग उत्पन्न हुन्छन् । गर्मी मौसममै सर्पको टोकाइ, बहुला कुकुरको टोकाइका घटना पनि बढ्ता हुने गरेको छ । महामारी फैलिन सक्छ । हावाहुरीको कारणले आँखाको तथा छालाको स्वास्थ्यमा असर गर्न सक्छ ।

मुसहर बस्तीमा कालाजारको महामारी

ईश्वरपुर नगरपालिका–४ राइटरखोरस्थित मुसहर टोल अचेल सुनसान छ। विपन्न बस्तीका धेरै छाप्रामा शोकमा डुबेका मानिस भेटिन्छन्। परिवारका सदस्य कालाजार लागेर उपचार अभावमा गुमाएपछि बस्तीमा सन्नाटा छाएको हो।

राप्ती बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम

नेपालगन्ज– राप्ती बाढी प्रभावित क्षेत्र बाँकेका विभिन्न गाविसमा रोगको महामारी फैलिने जोखिम बढेको छ। बाढीको सतह घटेपछि अधिकांश स्थानीय बासिन्दा पुरानै ठाउँमा फर्केका छन्, भने कतिपय आफन्त र अस्थायी टहराको साहारा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्