९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो

हुम्ला- हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। २ सय भन्दा बढी विरामी परेका छन्। हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ।

यो सहित ताँजाकोटमा मर्नेको संख्या १० पुगेको हो । आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा रहेका छन्। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा र वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोरा सहित सोमबात बिहान सम्म मर्नेको संख्या १० पुगेको छ। बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी दिए। चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको थियो।

प्रकाशित: १६ वैशाख २०७६ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App