युवा जनप्रतिनिधिमाझ बस्नेतले भनेः नेपालमा अब दुई राजनीतिक दलमात्र रहन्छन्
नेपाल कम्युनिस्ट पार्टी नेता एवं सांसद महेश बस्नेतले नेपालमा अब दुई राजनीतिक दलमात्र बाँकी रहने जिकिर गरेका छन्। अमेरिकन युथ काउन्सिल २०१९/२० को आयोजना तथा सिभिक इन्गेजमेन्ट अन्तर्गत प्रदेश नम्बर ३ का ४० बर्षमुनिका युवा जनप्रतिनिधिको सहभागितामा सम्पन्न अभिमुखिकरण तथा अन्तरक्रियामा बोल्दै बस्नेतले नेपालमा अब दुई दलमात्र रहने भएकाले कुनै एकमा मिसिन मधेसकेन्द्रीत दललाई आग्रह गरे।