सहमति खोज्न नेपालको दौडधुप
सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्।
सत्तारुढ दल नेकपाभित्र वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिँदै जाँदा प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।
वाग्मती प्रदेशको पार्टी प्रशिक्षण तथा सुदृढीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा नेतात्रयले शीर्ष तहको विवादबारे चर्चा नै गरेनन्, बरु पार्टीभित्र विवाद/छलफल भएन भने पार्टीको अस्तित्व नै नहुने धारणा राख्दै पन्छिए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन्। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गलत तथ्यहरु राखेर स्वेतपत्रको नाममा कसैलाई नतर्साउन चेतावनी दिएका हुन्।
सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन्।
माधव नेपाल र ईश्वर पोखरेलसँगको छलफलमा ओलीले हाललाई राष्ट्रियसभामा युवराज खतिवडालाई नै दोहो-याउने र वामदेव गौतमलाई समय आएपछि मिलाउने बताएका थिए।
सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडि बढ्न नसकेको आरोप लगाएकी छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट सरकारको गतिविधिलाई लिएर ओलोचना भइरहेका बेला नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पछिल्लो डेढ महिना यता पार्टीभित्रैबाट पनि दबाबमा परेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरालाई लिएर संविधान संशोधनको कुरा अगाडि बढाउन नहुने बताएका छन्।
संविधान संशोधनमा गृहकार्य गर्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदल बनाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन्।
कार्यदलले एमसिसी इन्डोप्यासिफिक रणनीति भएकोमा शंका गर्ने ठाउँ नरहेको स्पष्ट पार्दै यसबाट मुक्त हुन सरकारलाई सुझाव दिइएको छ।
शनिबार बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का विषयमा आवश्यक छलफल गरेर अगाडी बढ्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले अर्को सचिवालय बैठकबाट आवश्यक निर्णय गरेर अगाडी बढ्ने निर्णय गरेको हो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन्।
नेकपामा देखिएको गुटलाई नेतृत्व गर्ने नेता सहभागी उक्त कार्यक्रममा कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले सांगठनिकरूपमा पार्टी एकता भए पनि भावनात्मक एकता नभएको बताइरहँदा सहभागी प्रमुख अतिथि र विशेष अतिथिको मुहार फेरियो।
वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले अहिलेकै अवस्थामा उक्त सम्झौता कार्यान्वयन गर्ने हो भने राष्ट्रिय सार्वभौमिकता र नेपाल तथा नेपालीको स्वतन्त्रतामा गम्भीर असर पर्ने तर्क गरेको छ।