नेकपाको ११ बुँदे आचारसंहिताः कसैलाई पनि तँ भन्न नपाइने, महिनामा एक दिन वनभोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ। सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ।