४ मंसिर २०८१ मंगलबार
image/svg+xml
ब्लग

‘विप्लवसँग जोश र उत्साह छ तर ठिक ठाउँमा प्रयोग गर्ने कला देखिएन’

जुन उद्देश्यले पार्टी बनाइयो। किसानदेखि मध्यम वर्गसम्म जाने, त्यसलाई एकीकृत ढंगले परिचालन गर्ने र जुझारु खालको जन संघर्षको उठान गर्ने। त्यो कार्यदिशाअनुसार कार्यविधि भएन। दुई वर्षदेखि मैले यसबारेमा नेतृत्वलाई सजग गराएँ।

मध्यम वर्गमा जाने राजनीतिक अभियान नै नेतृत्वले बनाउन सकेन। त्यहीअनुसार कुटनीतिक र सैद्धान्तिक अभियान पनि बनेन। यसको सट्टा शंकास्पद गतिविधि गर्न थालियो। छापामारशैली अपनाइयो। भूमिगत शैली अपनाइयो। यसले मध्यम वर्गमा जान सकिएन। मध्यम वर्गलाई आकर्षित गर्ने कार्यविधि नै बनाएन।

विप्लवले ल्याएको कार्यदिशा ठिक छ। ठिक छ भनेर न म पनि लागे। जनयुद्धको केही कार्यभार पुरा गर्न बाँकी छ। एकीकृत क्रान्ति गर्नुपर्छ। राष्ट्रिय पुँजीपति वर्ग र मध्यम वर्गसम्म पुग्नुपर्छ भन्ने पनि ठिक हो। पहिले किसान, सर्वहारा वर्गको कुरा गर्थ्यौं। अहिले त्यो सम्भव छैन। मध्यम वर्गसम्म नगई क्रान्ति सम्भव नै छैन। जानलाई त्यहीअनुसार कायनीति बनाइएन। उनीहरुलाई आकर्षित गर्ने खालको कार्यक्रम नेतृत्वले बनाएन। अहिले कसले रेस्पोन्स गर्छ? कसैले गर्दैन नि!

कम्युनिष्ट पार्टीले क्रान्ति गर्नु हुँदैन भन्ने होइन। कम्युनिष्टसँग बन्दुक हुन जरुरी हुन्छ। क्रान्ति गर्न त्यो अत्यावश्यक नै हो। तर समय र परिस्थिति अनुसार रणनीति बदल्नुपर्छ। त्यो विप्लवमा देखिएन।

यसको सट्टा जुन खालमा गतिविधि पार्टीले ग-यो। त्यसले नै प्रतिबन्ध निम्त्यायो। प्रतिबन्ध लगाउने परिस्थिति निर्माण विप्लवले नै गरे। यस्तो परिस्थिति निर्माण गर्नुहुन्न भन्ने मेरो धारणा थियो। हतार गर्नुपर्ने कुनै कारण थिएन। चार/पाँच वर्ष राजनीतिक कार्यक्रम नै बलियो बनाउनु पर्थ्यो। जनतामा जानुपर्थ्यो। मध्यम वर्गलाई विश्वासमा लिनु पर्थ्यो। उनीहरुलाई लक्षित गरेर राजनीतिक कार्यक्रम ल्याउनुपर्थ्यो।

यसको अर्थ कम्युनिष्ट पार्टीले क्रान्ति गर्नु हुँदैन भन्ने होइन। कम्युनिष्टसँग बन्दुक हुन जरुरी हुन्छ। क्रान्ति गर्न त्यो अत्यावश्यक नै हो। तर समय र परिस्थिति अनुसार रणनीति बदल्नुपर्छ। कार्यनीति महत्वपूर्ण कुरा हो। रणनीति मात्रै भएर पुग्दैन। 'एक्सन प्लान' सहि हुनुप-यो। कार्यनीति भएन भने रणनीति फेल खान्छ। बिहानीले दिनको संकेत गर्छ भने झैं केही पनि संकेत देखिएन। आधा दिनसम्म धम्म बादल लाग्यो भने त्यसपछि चिसै हुने हो। घाम लाग्दैन।

पार्टीभित्र व्यापक असन्तुष्टि छ। नेतृत्व सीमित मान्छेहरुलाई बोकेपछि पुग्छ भन्ने भ्रममा छ। विद्यार्थीमा त्यस्तै असन्तुष्टि छ। मजदुरमा त्यस्तै, किसानमा त्यस्तै। यसरी क्रान्ति हुँदैन। पार्टीमा सबैभन्दा समस्या परिचालनको छ। नेतृत्वले सही मान्छेलाई सही जिम्मेवारी दिएर परिचालन गर्न सकेन।

विप्लव जी इमान्दार नै हो। तर उहाँले लिएको कार्यदिशा पनि ठिक छ।कार्यनीति बेठिक हो। त्यती मात्रै भन्छु। एउटा उत्साह उहाँमा छ। जोश चाहि छ। तर जोशलाई ठिक ठाउँमा प्रयोग गर्ने कला देखिएन। विप्ल्वलाई महान नेता मानेर नै त म त्यहाँ गएको हो।

विप्लव जीको एकीकृत जनक्रान्तिको राणनीति फेल खाइसक्यो। मध्यम वर्गमा राजनीतिक अभियान नै गएन। सीमित मान्छे डाँडाकाँडा डुले। त्यसरी क्रान्ति सम्भव छैन। सरकारले प्रतिबन्ध लगाए पनि राजनीतिक कार्यक्रममै जोड दिनुपर्छ भन्ने मेरो मान्यता थियो। संविधानतः राजनीतिक कार्यक्रम गर्नुपर्थ्यो। सरकारले प्रतिबन्ध लगायो बम हानी हाल्ने ? त्यो सम्भव थिएन।

डाँडाडाँडा कुदेर प्रतिरोध हुन्छ ? फेक बमहरु हानेर प्रतिरोध हुन्छ? त्यसले त आफैलाई क्षति ग-यो। उपलब्धिविहिन क्षति। केही उपलब्धि प्राप्त हुनुप-यो नि क्षति भएपछि। उपलब्धिविहिन क्षेतिले काम गर्दैन। १० वर्षे जनयुद्धमा पनि क्षति भयो। तर त्यसको केही उपलब्धी पनि भयो। गणतन्त्र आयो नामकै भए पनि। सबै चाहेको भएन तर केही त आयो नि। राजतन्त्रको अन्त्य भयो। समानता र समावेसीका कुराहरु आए।

उहाँको विकल्पमा म सत्तारुढ पार्टीमा आएको होइन। उहाँले असहिष्णु व्यहार गर्नु भयो। शुद्धिकरणका नाममा वैधानिक, निर्वाचित भएको केन्द्रीय कमिटिलाई बिना कारण भंग गर्नु भयो। नेताहरुलाई जिम्मेवारीविहिन बनाउनु भयो। विधानलाई कुल्चिने लगायतका काम गर्नुभयो। त्यो स्वयच्छाचारीको पराकाष्ठ हो।

विप्लव जी इमान्दार नै हो। तर उहाँले लिएको कार्यदिशा पनि ठिक हो। कार्यनीति भएन। त्यती मात्रै भन्छु। एउटा उत्साह उहाँमा छ। जोश चाहि छ। तर जोशलाई ठिक ठाउँमा प्रयोग गर्ने कला देखिएन। विप्लवलाई महान नेता मानेर नै त म त्यहाँ गएको हो।

छलफलल गर्ने अवसर खैं? बिचार मन्थन र बहस गर्या खैं? न कुनै अन्तरविरोध थियो। न कसैले प्रमाणित खालको अपराध थियो। म ८ महिना हिरासतमा बसे। निस्केपछि जिम्मेवारीका विषयमा छलफल गर्नु पर्दैन ? हिरासतमा हुँदा जिम्मेवारीविहिन बनाइयो। अर्कोलाई दिइयो ठिक छ। तर छुटेपछि नेतृत्वले हाम्रो बारेमा नसोच्ने?

अन्तिम समयसम्म विप्लव हेरिरहेकै थिए। पाँच महिनामा विप्लवका कसैसँग पनि सम्पर्क नै भएन। मेरो मनोविज्ञान बुझ्न पर्दैन। नेतृत्वले वेवास्ता गरेपछि कहाँ बस्ने? किन बस्ने? त्यसपछि त्यहाँ बस्ने अवस्था नै रहेन। कम्युनिष्ट पार्टीको झण्डा बोकेको दल चाहिएको थियो। त्यसको विकल्प यही हो जस्तो लागेर सत्तारुढ नेकपामा आएको हुँ। यो झण्डामुनि म केही समय बस्छु। बस्न मात्रै पुगे हुन्छ। अरु केही स्वार्थ छैन।

निरन्तर वार्ताको प्रयास
मैले १० वर्षे जनयुद्धमा पनि वार्ताको पहल गरे। जनपरिचालनको काम गरे। अब पनि गर्ने त्यही हो। वैज्ञानिक समाजवादी व्यवस्थासम्म जाने विप्लव जीको जुन कार्यदिशा छ। आर्थिक एकीकरणको प्लान छ। फेरि पनि भन्छु त्यो ठिक छ। त्यहाँसम्म जान वार्तामा आउनु पर्छ। वातावरण बनाउन मैले पहल गर्छु।

पार्टी एकोहोरो युद्धको कुरा मात्रै गर्दैन। अहिलेको विश्वमा एकोहोरो युद्धको कुरा सम्भव छैन। उहाँले पनि ढिलो चाडो वार्तामा आउनै पर्छ। यसको विकल्प छैन। एकीकृत जनक्रान्तिको उहाँको जुन कार्यदिशा छ। त्यसैमा वार्ताको पहल मैले यता हुँदा पनि गर्ने हो। समाजवाद वा वैज्ञानिक समाजवादको कुरामा बहस गरौं। म त्यही भन्छु। मैले उता हुँदा पनि पहल गर्या हो। सुनुवाइ भएन उल्टै मलाई गलत बनाइयो। आत्मसमर्पणको बिल्ला भिराइयो।

प्रधानमन्त्रीलाई पनि भेट्छु। उहाँलाई पनि विप्लव जीलाई वार्तामा ल्याउन पहल गर्न भन्छु।  किनभने वार्ताको विकल्प छैन। अहिले करिब दुई तिहाइ हाराहारीको वामपन्थी सरकार छ। सडकमा पनि एउटा कम्युनिष्ट पार्टी सशक्त रुपमा आउनुपर्छ भन्ने मेरो मान्यता हो। त्यसको विकल्पमा विप्लव जी आउन सक्नुहुन्छ। उहाँ आउनुपर्छ। सत्तामा भएका कमजोरीहरु सडकबाट भण्डाफोर गरौं। जनतालाई गोलबन्द गरौं भन्ने धारणा छ यसका लागि पहल गर्छु।

म नेकपामा चुप लागेर बस्ने होइन। जुनसुकै पोजिसन भए पनि। बहस गरौं। विप्लवले अहिलेसम्म गरेका कमी कमजोरी आत्मालोचना गर्नुस। साथीहरु हिरासतमा छन्। जेलमा छन्। राज्य त तयारै भएको छ जस्तो लाग्छ वार्ताका लागि। वार्ता संविधानको दायराभित्र गरौं भन्ने छ। त्यसका लागि विप्लव जी पनि तयार हुनुपर्छ। संविधान नै नमान्ने हो भने क्रान्तिको घोषण गर्नुपर्यो। लाग्नु पर्यो। दोधारे नीतिले कसैलाई फाइदा पुग्दैन। स्वयं विप्लवलाई पनि।

यदि कम्युनिष्टको ब्यानर बोकी रहने हो भने। जनतालाई समानताको अधिकार त दिनुपर्यो। यो बाहेक कुनै सर्त वा सम्झौता छैन। प्रचण्डसँग मेरो केही लिनु दिनु छैन। म कुनै सम्झौता गरेर छुटेको पनि होइन। अहिले पनि म माथि १७ मुद्धा कायमै छन्। पार्टीको पोलिट ब्यूरो सदस्यका नाताले मलाई संगठित अपराधको मुद्धा लाग्यो। तर कानुनी राज्यको सिन्दान्तअनुसार प्रमाणित भएन। छुटे। तर म अझैं राज्यको तारेखमा छु। अभियुक्त हो।

अब जिम्मेवारी दिने उहाँहरको दायित्व हो। दिनुहुन्छ भन्ने पनि विश्वास छ। मैले जता गए पनि जनपरिचालनको काम हेर्ने हो। पेशा व्यवसाय हेर्ने होे। ज्ुन जिम्मेवारी दिनुहुन्छ म त्यसैमा बसेर काम गर्छु। म त २०४८ सालमा पनि टिकट लिएको मान्छे हो। माओवादीमा हुँदा पनि मलाई मिलेको समानुपातिक सिट अर्कोलाई दिने व्यक्ति हो। कुनै पदीय लोभ छैन। जिम्मेवारी दिनुहुन्छ भन्ने विश्वास छ। नदिए उनीहरुकै कमजोरी हुन्छ। तर म माग्दैन। म कुनै सर्त राखेर आएको होइन।

मैले प्रचण्ड जीलाई भेटे। अरु कुनै कुरा भएन। उहाँले तपाई राष्ट्रिय व्यक्तित्व हो। तपाइलाई सामान्य प्रवेश गराउन उचित हुँदैन भन्नु भो। पार्टी कार्यालयमा कार्यक्रम राख्नु भो। प्रवेश भैयो। मैले त म तपाइहरु कहाँ आए हैं मात्र भनेको हुँ।

प्रचण्डका पनि लिमिटेसन छन्। यहाँ आएपछि मध्यम वर्गसँग हार्नुभो प्रचण्डले। जनयुद्धका केही कार्यभार पुरा गर्न सक्नुभएन्। प्रचण्ड बिग्रेको हो। त्यही कार्यभार बाँकी छ भनेर त विप्लव जीले पार्टी बनाउनु भएको हो। मैले अझैं पनि त्यसैका लागि अन्तर संघर्ष गर्ने हो। 

विप्लव समूह त्यागेर सत्तारुढ नेकपामा प्रवेश गरेका मोहन कार्कीसँग विनोद देवकोटाले गरेको कुराकानीमा आधारित।

प्रकाशित: २८ पुस २०७६ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App