२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपालाई सभामुख छान्न समस्या भए हामीलाई देउ : देउवा

विराटनगर- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा भित्रको विवादलाई देखाएर संसदलाई बन्धक नबनाउन आग्रह गरेका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै देउवाले पार्टी भित्रको विवादका कारण संसदलाई बन्धक नबनाउन सत्तापक्षलाई आग्रह गरेका हुन्।

देउवाले नेकपालाई सभामुख छान्न समस्या भए कांग्रेसलाई दिन आग्रह गरे। ‘नेकपालाई समस्या भए हामी सभामुखका लागि तयार छौं’ उनले भने,‘संवैधानिक प्रावधान अनुसार पनि सभामुख र उपसभामुख मध्ये एउटा पद प्रतिपक्षले पाउनै पर्ने हो।’ कांग्रेसलाई सभामुख दिए संसद व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्ने र दलहरूबीच सहमतिसमेत कायम हुने देउवाले बताए।

उनले सभामुख नहुँदा संसद नै बन्धक बनेकाले  सभामुख चयनको प्रकृया चाँडो सुरू गर्न सत्तापक्ष गम्भीर बन्नु पर्ने धारणा राखे। उनले  संसदको गतिरोध हटाउने विषयमा निर्णय लिन कांग्रेसले चाँडै संसदीय दलको बैठक बाेलाउने पनि जानकारी दिए। एमसिसिलाई कांग्रेसले पहिलै समर्थन गरिसकेकाले सरकारले पनि छिटो अनुमोदन गर्नुु उपयुक्त हुने देउवाले बताए।

कांग्रेसको महाअधिवेशनको मितिका विषयमा देखिएको विवाद समाधानका लागि आफू लागिरहेको बताउँदै उनले महाअधिवेशनको मिति कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पारे।

 

प्रकाशित: १ माघ २०७६ १३:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App