११ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि कान्छीमाया कोजुको पोल्टामा

तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) की कान्छीमाया कोजुले जितेकी छिन्। शनिबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी १ घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन्।

खुला हाफ म्याराथनको उपाधि आर्मीलाई

२१ किलोमिटरको खुला हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। नेपाली सेना, त्रिभुवन आर्मी क्लवका जर्सी नंं. ३०३ का कल्याण बानियाँ प्रथम, त्रिभुवन आर्मी क्लबका हरिकुमार रिमाल (३०२) द्वितीय, त्रिभुवन क्लबकै राजन रोकाय (३०४) ले तृतीय स्थान हासिल गरेका थिए।

कञ्चनपुरको जैविक मार्गमा म्याराथन मार्च

भीमदत्त नगरपालिकामा जैविक धार्मिक पर्यटन मार्ग म्याराथन मार्च गरिएको छ। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आयोजना गरिएको म्याराथनमा म्याराथन धावक बैकुण्ठ मानन्धरसहित सयौं स्थानीय सहभागी भएका छन्।

पोखरा म्याराथनलाई बेलायतबाट सहयोग

बेलायत स्थित नेपाली समुदायको तर्फबाट पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि १५ लाख रुपैंया सहयोग गर्ने भएका छन्। फागुन ७ गते पोखरामा हुन् लागेको १३ औं   पोखरा अन्तर्राष्ट्रिय म्याराथनको लागि यो सहयोग गरिन लागिएको हो।

पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा

पाँचौं ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसर पारेर आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन्।

भूमिराजलाई नेपालगन्ज म्याराथन उपाधि

नेपाल प्रहरीका भूमिराज राईले शनिबार नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। क्रिएटिभ ह्यान्डको आयोजनामा भएको प्रतियोगितामा राईले २ घण्टा ३३ मिनेट २० सेकेन्डमा दौड पूरा गरेका थिए।

धावक हरिबहादुर भन्छन्, राज्य एकातिर, खेलाडी अर्कातिर

लामो दूरीका धावक हरिबहादुर रोकाय प्राय एक्लै हिँडदैनन्। यात्राका क्रममा भेटिँदा खेलाडी छुट्दैनन् उनीसँग। शुक्रबार नेपालगन्ज बिपी चौकमा भेटिँदा हरिसँग थिए जुम्लाका धावक नरेश बुढा, प्रकाश कठायत र रेजिना बस्नेत।

हेलम्बु म्याराथनको उपाधि किरण कुलुङलाई

सिन्धुपाल्चोकको हेलम्बुमा आयोजित तेस्रो हेलम्बु म्याराथनको उपाधी किरण थुलुङले जितेका छन्। ४२ किलोमिटर दूरीको दौड किरणले ४ घन्टा ३२.३० मिनेटमा पुरा गरे।

हेमलाल र कान्छीमायालाई उपाधि

त्रिभुवन आर्मी क्लबका हेमलाल श्रेष्ठ र कान्छीमाया कोजुले शनिबार १२औं काठमाडाैं म्याराथनको उपाधि जितेका छन्।

हाफ म्याराथनको उपाधि सशस्त्रका पार्कीलाई

संविधान दिवसको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार आयोजना गरेको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन्।

नाम्गेल यांग्मोलाई ‘माउन्ट एभरेष्ट म्याराथन सद्भाव’ पुरस्कार

विश्वप्रसिद्ध तेन्जिंग हिलारी एभरेष्ट म्याराथनले भारतको कारगिलमा आयोजित ‘कारगिल अन्तर्राष्ट्रिय म्याराथन २०१८’ को हाफ म्याराथनको महिला स्पर्धाको विजेता कारगिलकी नाम्गेल यांग्मोलाई माउन्ट एभरेष्ट म्याराथन सद्भाव पुरस्कार’ प्रदान गरेको छ।

पाँच पोखरी हाफ म्याराथन हुने

सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाले अर्को महिना पाँचपोखरी हाफ म्याराथनको दोस्रो संस्करण गर्ने भएको छ।

चीनमा सम्पन्न म्याराथनको उपाधि नेवाली धाविका सुनमायालाई

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन्।

ट्राई–म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबलाई

धादिङ जिल्लामा सञ्चालन भएको दोश्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राई–म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘टिम ए’ ले हात पारेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्