८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पाँच पोखरी हाफ म्याराथन हुने

काठमाडौं – सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाले अर्को महिना पाँचपोखरी हाफ म्याराथनको दोस्रो संस्करण गर्ने भएको छ। 

गाउँपालिकाको धार्मिक स्थल पाँच पोखरीबाट सुरु भएर रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर रुटमा हाफ म्याराथन गरिने आयोजकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमा जानकारी गरायो। 

जिल्लाको पर्यटन प्रवर्दन उदेश्य राखिएको प्रतियोगिता भदौ १० मा हुनेछ । त्यसका लागि भदौ ५ सम्ममा खेलाडी दर्ताको समय राखिएको आयोजक समितिकी संयोजक कान्छीमाया तामाङले जानकारी गराइन। 

सहभागिताका लागि सिन्धुपाल्चोकका खेलाडीलाई १ हजार, अन्य जिल्लाका खेलाडीलाई २ हजार तथा विदेशीलाई ३५ अमेरिकी डलर दर्ता शुल्क तोकिएको छ। 

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ३० हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ पाउने संयोजक तामाङले जानकारी गराइन। 

 

प्रकाशित: २६ श्रावण २०७५ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App