२३ आश्विन २०८१ बुधबार
image/svg+xml

करणी आरोपमा भारतीय नागरिक पक्राउ

७ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। करणी आरोपमा पक्राउ भारतको राङबाङ गाउँ पञ्चायत घर भएका ३० वर्षे सुरज योगी पक्राउ परेको प्रहरीले जनाएको छ।

भारतमा रहेका नेपालीको तथ्य खोजिँदै

सरकारले भारतमा कति नेपाली छन्, कुन अवस्थामा छन् र तिनले त्यहाँ कस्ता सुविधा पाइरहेका छन् भन्ने विवरण तयार पार्ने भएको छ। भारतले द्विपक्षीय वार्तामा आफ्ना नागरिकलाई 'पारस्परिक समानताका आधारमा व्यवहार' गर्नुपर्ने विषय उठान गर्न थालेपछि सरकारले भारतमा रहेका नेपाली र तिनको अवस्थाबारे विवरण तयार पार्न लागेको हो।

भारतमा जीप दुर्घटना हुँदा ४ नेपालीको मृत्यु

भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको लोहा घाटमा जीप दुर्घटना हुदाँ ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो ३ बजेतिर भारतीय बाटो हुँदै घर आउने क्रममा एकै परिवारका ४ नेपाली सहित ६ जनाको मृत्यु भएको हो।

नेपाल आज भारतसँग भिड्दै

नेपाल र भारतले पहिलोपल्ट साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा सोमबार प्रतिस्पर्धा गर्दैछन्। साफ फुटबलमा नेपाल र भारतले फाइनलमा मात्र खेलेका थिए। तर भारतमा भैरहेको चौथो साफ च्याम्पियनसिपमा भने नेपालले साबिक विजेता भारतलाई प्रतिद्वन्द्वी पाएको छ।

जनतालाई भारत देख्ने एमालेको सोच गलत छ : नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताएका छन्। प्रेस युनियन, तनहुँ शाखाले अाइतबार बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए ।

भारतमा खुल्यो पहिलो तेस्रोलिंगी स्कुल

भारतको कोची सहरमा ‘ट्रान्सजेन्डर’ का लागि आवासीय स्कुल खुलेको छ । फरक पहिचानका कारण बीचैमा स्कुल छाडेकालाई लक्षित गर्दै स्कुल खोलिएको हो । अब उनीहरुले अधुरो रहेको शिक्षा पूरा गर्न सक्नेछन् ।

नेपालको प्रतिद्वन्द्वी भारत

नेपालले महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा सोमबार साविक विजेता भारतसँग खेल्ने भएको छ। भारत र बंगलादेशले शनिबार समुह 'बी' को अन्तिम खेलमा गोलरहित बराबरी खेले। बराबरी नतिजाले भारत समुह उपविजेता र बंगलादेशल समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरे।

भारतमा पुर्याएर मृगौला बेचबिखन गर्ने गिरोह पक्राउ

नेपाली युवतीहरु भारतमा बोचिने घटना त सुनिएकै हो। तर अचेल मृगौला बेच्न भारतसम्म मानव तस्करी हुने गरेको तथ्यहरु सार्वजनिक हुनेगरेका छन्। भारतस्थित बिभिन्न शहरहरुमा जागिर लगाइदिने प्रलोभन देखाई नेपालबाट मानिसहरु लैजाने गरेको तथ्य प्रहरीले फेला पारेको छ।

नेपालबाट भारततर्फ डिजेल–पेट्राेल तस्करी

नेपालभन्दा भारतमा डिजेल र पेट्रोल महँगो भएपछि ग्रामीण नाकाहरुबाट पेट्रोलियम पदार्थ सीमावर्ती भारतीय गाउँहरुमा तस्करी हुने गरेको भेटिएको छ।

भारतमा काम लगाइदिने भन्दै मिर्गौला तस्करीमा संलग्न तीन पक्राउ (भिडियाे)

मानव अंग मिर्गाैला तस्करीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका महादेवस्थान–७ काभ्रेपलाञ्चोकका ४४ वर्षीय बिुनबहादुर तिमल्सिना, भक्तपुर कमल विनायक बस्दै आएका भिमेश्वर–५ दोलखाका ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा बस्दै आएका दाङसिङ–५ कास्कीका ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्।

बाराको जंगलमा दुईजना भारतीय युवाको शव फेला

काटघाटको जंगलमा दुई युवाको शव फेला परेको छ। जंगलमा फेला परेको दुईवटै शव भारतीय युवाको रहेको अनुसन्धानबाट खुलेको बारा प्रहरीले जनाएको छ।

सन्धि विपरित भारतले नेपाली वस्तुमा कर थप्यो

भारतले नेपाल हुने जुटको तयारी वस्तु आयातमाभारी कर लगाएपछि नेपालका ६ वटा जुट उद्योग समस्यामा परेका छन्। भारत नेपाली जुटका उत्पादनको प्रमुखबजार हो। नेपाल–भारत व्यापार सन्धि विपरीत भारत सरकारले जुटका तयारी वस्तु निर्यातमा काउन्टर भेलिङ ड्युटी (सिभिडी) लगाएको जुट व्यवसायीको आरोप छ।

भारत मातहत शान्ति मिशनमा जाने हल्ला निराधारः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले नेपाली सेना भारतीय सेना अन्तर्गत संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा पठाउनेबारे कुनै योजना नरहेको बताएका छन्। ‘नेपाली शान्ति सेना स्वयममा कुशल र सफल उदाहरण हो र संयुक्त राष्ट्रसंघको आव्हानमा विश्व शान्तिकार्यमा सरिक हुँदा अन्य देश अन्तर्गत रही कार्य गर्ने वा गर्नुपर्ने अवस्थामा नरहेको र नरहने व्यहोरा दोहोर्याउन चाहन्छु।’

नदी नियन्त्रण बारे नेपाल–भारत सांसदहरूकाे सर्लाहीमा छलफल

नदी नियन्त्रणका विषयमा नेपाल–भारत दुई देशका सांसदबीच मंगलबार सर्लाही सदरमुकाम मलंगवामा छलफल भएको छ। सर्लाही भएर बग्ने लखनदेही खोलाको बाढीले दुबै देशका गाउँहरु डुबानमा पर्दै आएका कारण नदी नियन्त्रणका लागि सोमबार सर्लाहीको मलंगवामा नेपालका सांसद र भारतका विधायकहरुबीच फलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्