२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वीरगन्जमा भारतीय ट्रक ड्राइभर र प्रहरीकाे फिल्मी भिडन्त

वीरगन्जमा बिहीबार राति करिब दश बजे आचानक चार राउण्ड गोली चल्यो। भारतको बिहारमा मदिरा किनबेच र सेवनमा सरकारले प्रतिबन्ध लगाएपछि मालबाहक गाडी र अरु सवारीसाधनमा आउनेहरु नेपाल पस्नसाथ पहिलो काम गर्छन्, मदिरा सेवन।

भारतीय एयरलाइन्स गो एयरले ल्यायो ९९९ रुपैयाँको यात्रा अफर

भारतीय आन्तरिक वायुसेवा कम्पनी गो एयरले क्रिसमसको उपलक्ष्यमा आफ्ना सबै रुटमा भाडदार घटाएको छ। मुम्बई आधारित कम्पनीले चाडपर्व अफर अफर अन्तर्गत आफ्नो भाडादर ९९९ भारतीय रुपैयाँबाट सुरु हुने योजना ल्याएको हो।

भारतीय कम्पनीलाई फास्ट ट्र्याक दिने प्रस्ताव रद्द, अाफैँ बनाउन समिति गठन

सरकारले काठमाडौं—निजगढ फास्ट ट्र्याक निर्माणको जिम्मा भारतीय कम्पनी आइएल एन्ड एफसीलाई दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न ७ सदस्यीय समिति गठन गरेको छ।

भारतको सनसनीपूर्ण जित

इङ्ल्यान्डविरुद्ध पाँचौं टेस्टको अन्तिम दिन मंगलबार रविन्द्र जडेजाले ७ विकेट लिएपछि भारतले १ इनिङ र ७५ रनको विजय हासिल गरेको छ। पहिलो टेस्ट बराबरी खेलेको भारतले ५ खेलको शृंखलामा ४–० ले कब्जा जमायो।

सात भारतीय माझी पक्राउ

श्रीलङ्काको उत्तरी समूद्रको गैरकानूनी रुपमा प्रवेश गरेको आरोपमा सात भारतीया माझी पक्राउ गरिएको मङ्गलबार नौसेना स्रोतले जानकारी दिएको छ।

पाकमा हट्यो भारतीय फिल्मको प्रतिबन्ध

पाकिस्तानमा रहेका मुख्य मुख्य सिनेमा घरले भारतीय फिल्ममाथिको प्रतिबन्ध फुकाउने निर्णय गरेका छन्। सेप्टेम्बरमा दुवै देशको सम्बन्ध तनावको उत्कर्षमा पुगेपछि पाकिस्तानले सिनेमा घरमा भारतीय फिल्म नलागाउने निर्णय गरेका थिए।

राजेन्द्र महतोले भने: हामी पाँच जिल्लाको लागि महाभारत गर्छौं

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर आफूहरुले मरेपनि नछोड्ने र त्यसको लागि पछि महाभारत गर्नेगरि अहिलेको संविधान संशोधन प्रस्तावलाई उपलब्धिको रुपमा लिएर यसलाई पारित गर्नेगरि पहल गर्ने बताएका छन्।

इन्धन अवरोधमा क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार

भारतले फेरिनेपालमा इन्धन आपूर्ति अबरोध गरे पनि क्षतिपूर्ति दिन अस्वीकार गरेको छ।इन्डियन आयल कर्पोरेसन(आइओसी)ले आगामी दिनमा पेट्रोलियम पदार्थ नियमित रुपमा नदिए व्यावसायिक मान्यता अनुसार क्षतिपूर्ति दिनुपर्ने नेपालको प्रस्तावलाई भारतले अस्वीकार गरेको हो।

अन्तर्राष्ट्रिय ब्याड्मिन्टनमा भारतको बर्चश्व

नेपाल इन्टरनेशनल ब्याड्मिन्टन सिरिजमा पाँच मध्ये चार स्वर्ण पदकमा कव्जा जमाउँदै भारत च्याम्पियन भएको छ। शनिबार सम्पन्न प्रतियोगिताका चार विधामा भारतीय खेलाडीले स्वर्ण पदक जितेका थिए।

काठमाडौंमा नेपाल–भारत मैत्री मेला हुने

काठमाडौंमा नेपाल–भारत मैत्री मेला कार्यक्रम अयोजना हुने भएको छ। नेपाल–भारत युथ मैत्री संघको आयोजनामा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। मेलामा नेपाल तथा भारतको सांस्कृतिक तथा पर्यटन प्रदर्शनी समेत हुने भारतीय संस्था क्रेजी चेप्सका अध्यक्ष अमिन चन्द्रकारले बताए।

नेपाल भारतसँग ६ विकेटले पराजित

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजय भोगेको छ। भारतसँगको शुक्रबारको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।

'विद्युत व्यापारमा भारतसँग द्विपक्षीय वार्ता'

प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो मुलुकका लगानीकर्ताले नेपालमा उत्पादन गरेको विद्युत द्विपक्षीय वार्ताबाट भारतमा बेच्न सकिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले आयोजना गरेको ऊर्जा सम्मेलन, २०१६ उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

संघीयता भारतको भारी : केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको डिजाइनमा नेपालमा संघीयता लादिएको बताएका छन्। उनले संविधान संशोधन प्रस्ताव पनि भारतकै इसारामा आएको बताए। बिहीबार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले नेपालमा संघीयता क्यान्सरजस्तै भएको टिप्पणी पनि गरे।

चक्रवातमा परी भारतमा दशको मृत्यु

भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक चक्रवातका कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

इनिङ जितसँगै भारतलाई शृंखला

रविचन्द्रन अश्विनले इङ्ल्यान्डको तल्लोक्रमका ब्याट्सम्यानलाई आधा घन्टाबीच पवेलियन फर्काएपछिसोमबार भारतले चौथो टेस्ट एक इनिङर ३६ रनले जित्दै पाँच खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। अन्तिम खेल बाँकी रहँदा टोली शृंखलामा ३–० ले अगाडिछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्