२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

नेपाल भारतसँग ६ विकेटले पराजित

काठमाडौं-श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजय भोगेको छ। भारतसँगको शुक्रबारको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो।

पहिले ब्याटिङ गरेको नेपालले भारतसामु १ सय ७३ रनको लक्ष्य दिएको थियो। भारतले ३३ ओभर ३ बल खेल्दा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ६८ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३४ रन जोडेका थिए।

प्रकाशित: १ पुस २०७३ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App