७ पुस २०८१ आइतबार
image/svg+xml
अर्थ

तरलताको चाप भएपछि राष्ट्र बैंकले आज ६० अर्ब तान्दै

मुलुकको अर्थतन्त्र अझै सही ट्रयाकमा नआउँदा उद्योगी,व्यवसायीले नयाँ परियोजनामा लगानी गर्न उत्सुक छैनन्। बजारमा रकमको माग नहुँदा बैंकमा रकम थुप्रिएको छ।

बैंकहरुमा निक्षेप थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ६० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ। अनलाइनबाट बोलकबोल हुनेछ।  २१ दिने निक्षेप संकलन उपकरणको पुस २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोलमा निक्षेप वापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ९दशमलव पछिको हकमा चार अंकसम्म० उल्लेख गर्नु पर्नेछ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ७ पुस २०८१ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App