३ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

प्रतिपक्षी दलहरुले आफ्नो अडान नछाडेपछि प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ।  प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसद्मा दिएको अभिव्यक्तिमा माफी माग्नु पर्ने मागसहित प्रतिपक्षी दलले सदनको कामकारवाही अघि बढाउन दिएका छैनन्।

उनीहरुको अवरोधका कारण सोमबार दुई पटकसम्म बसेको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो।  

सभामुख डोलप्रसाद अर्यालले सहमतिको पहल जारी राखेपनि सहमति जुट्न नसक्दा बैठक सञ्चालनको समय यकिन हुन सकेको छैन। मंगलबारको बैठक दिनको एक बजेका लागि बोलाइएको थियो।  

प्रकाशित: १९ जेष्ठ २०८३ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App