६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

भारतमा पुर्याएर मृगौला बेचबिखन गर्ने गिरोह पक्राउ

काठमाडौँ-नेपाली युवतीहरु भारतमा बोचिने घटना त सुनिएकै हो। तर अचेल मृगौला बेच्न भारतसम्म मानव तस्करी हुने गरेको तथ्यहरु सार्वजनिक हुनेगरेका छन्।

भारतस्थित बिभिन्न शहरहरुमा जागिर लगाइदिने प्रलोभन देखाई नेपालबाट मानिसहरु लैजाने गरेको तथ्य प्रहरीले फेला पारेको छ। भारतका बिभिन्न स्थानमा लगेर मृगौला निकालेर बेचबिखन गर्ने कार्यमा संलग्न ३ जनालाई उपत्यका र पोखराबाट महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध नयाँबस्ती बस्ने काभ्रे महादेवस्थान–७ का ४४ वर्षीय बिकास भन्ने बिनुबहादुर तिमल्सिना, भक्तपुर कमलबिनायक बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ का ४७ वर्षीय प्रकाश बस्नेत र  पोखरा बस्ने कास्की दाङसिङ गाबिस–५ का ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्।

उनीहरुलाई मानब बेचबिखन तथा ओसार पसार मुद्धामा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित: १४ पुस २०७३ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App