२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भारतीय भूमिकाको संकुचन

पहिलो संविधानसभाको विघटन, गैरसंवैधानिक सरकारको गठन एवं माओवादी तथा मधेसवादीहरूको आकार घटाउने गरी निर्वाचन सञ्चालनसम्म भारतीय संस्थापन एवं नेपालको स्थायीसत्ताको स्वार्थ मिलेको थियो। नयाँदिल्ली काठमाडौँलाई 'माइक्रो म्यानेज' गरिरहेको भ्रममा थियो।

सामान ढुवानीमा भारतले कर लगायो

भारतले समुद्री बाटो हुँदै तेस्रो मुलुबाट आयात हुने वस्तु ढुवानीमा ४.५ प्रतिशत सेवा शुल्क लगाउन थालेको छ। तेस्रो मुलुकबाट आयात हुने वस्तुमा भारतले बिमा र थ्रेटका नाममा सेवा शुल्क लगाउन थालेको  पूर्वका उद्योगी व्यवसायीले जनाएका छन्।

‘माइक्रो म्यानेजमेन्ट छोडे नेपाल–भारत सम्बन्ध सुध्रिन्छ’

नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेकोले बताउँदै यसको लागि संविधान बाधक नभएको स्पष्ट पारेका छन्। भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भइरहेको आरोपसमेत उनले लगाए। उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए वैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे।

अनुराधालाई भारतको पदम श्री

माइती नेपालकी अध्यक्ष एवम् सामाजिक अभियन्ता अनुराधा कोइराला भारत सरकारले प्रदान गर्ने  उच्च स्तरको सम्मान पदम श्रीबाट सम्मानित हुने भएकी छन्। चेलीबेटी बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएकी उनलाई भारतले गणतन्त्र दिवसका अवसरमा उक्त सम्मान प्रदान गर्न लागेको हो।

नेपाल-भारत सम्बन्ध मजबुद बनाउने काम चुनाैतीपूर्ण: राजदूत राय

नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल-भारत सम्बन्धलाई थप मजबुद बनाउने भन्ने विषयमा चुनौती रहेको बताएका छन्। उनले त्यसतर्फ दुवै पक्षले सोच्नुपर्ने पनि बताए। द्विपक्षीय सम्बन्धमा समय समयमा केही समस्याहरु पैदा हुनु स्वभाविक भएको उल्लेख गर्दै राजदूत रायले भने,‘हामीवीचको सम्बन्धमा केही समस्याहरु आउँछन्, हामीवीच यति निकट सम्बन्ध छ, प्रगाढ सम्बन्ध छ, तर अब हाम्रो सम्बन्धलाई विकासको ट्रेण्डमा अघि बढाउनुपर्छ।’

सगरमाथाको उचाई घटेको भारतीय ठहर, मापन गर्न नेपाललाई प्रस्ताव

भारत सरकारको सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ पुनः मापन गर्ने जनाएको छ। भारतको हैदरावाद शहरमा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा गत वर्षको भूकम्पपछि सगरमाथा उचाइ घटेको भन्दै सो शंका निवारण गर्न उचाइ मापन हुनु पर्ने जनाएको हो।

रोजगारीको लागि भारत जान पनि अनुमति लिनु पर्ने

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्दै सुविधामा विस्तार गरेका हुन्। सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको छ।

'लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीको असहयोग'

नेपाल प्रहरीले भारतीय नाकाबाट आयात हुने लागूऔषध नियन्त्रणमा भारतीय प्रहरीले असहयोग गरेको गुनासो गरेको छ। प्रहरीले भारतीय नाका हुँदै नेपाल भित्रने लागूऔषध नियन्त्रणका लागि भारतीय सुरक्षा अधिकारीसमक्ष आग्रह गरे पनि भारतीय पक्षले गम्भीर रूपमा नलिएको नेपाल प्रहरीका उच्च अधिकारीले बताएका छन्।

२ सय ४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले भारततर्फ लैजान लागेको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय ४९ ग्राम सुनसहित मधुवनी जिल्ला जयनगरका बिकास कुमार साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्ष शेखर कोइरालाले जनकारी दिए।

भारतमा रेल दुर्घटना, ३२ को मृत्यु

दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा भएको एक रेल दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३२ पुगेको छ । सो दुर्घटनाबाट जीवितै उद्धारको प्रयास रातभर चलेको थियो ।

भारतको भर पर्दा हुलाकीमा १३ वर्ष अलमल

स्वदेशी लगानीमै सम्पन्न गर्न सकिने हुलाकी राजमार्ग बनाउन छिमेकी भारतको भर पर्दा १३ वर्ष अलमलमै बितेको छ। जसले गर्दा तराई–मधेस विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गको फाइदाबाट सर्वसाधारण वञ्चित छन्।

युपीसँग जाेडिएका नेपाल–भारत सीमा नाका ४८ घन्टा बन्द हुने

भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ।

'भारत खतरनाक खेलाडी हुनसक्छ'

विश्व फुटबलको ध्यान यतिबेला चीनले तानेको छ। पछिल्लो समय चीनिया सुपर लिगका क्लबले खेलाडीका लागि खर्चेको ठूलो रकम विश्वभरका संचार माध्यमको आकर्षण बनिरहेको छ। तर आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले सरुवा बजारमा भारत खतरानाक खेलाडीको रुपमा उदाउने भविश्यवाणी गरेका छन्।

रौतहटका नाकामा फस्टायो तस्करी, भारतीय सुरक्षा संयन्त्र निष्प्रभावी

रौतहटको विभिन्न नाकाबाट भारतीय सामानको तस्करी बढेको छ। भारतको सीमासित नाका जोडिएका विभिन्न गाउँ भएर पनि भारतीय सामान भन्सार छली ल्याउने क्रम बढेको पाइएको छ।

'बर्दिबास–बिजुलपुरा रेलरुट परिवर्तन गर्न भारतीय रेलवेसँग समन्वय गर्छु'

प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गको बिजुलपुरा–बर्दिबास खण्डको रुट परिवर्तनका लागि आफूले पहल गर्ने बताएका छन्। धनुषा क्षेत्र नं.–७ को सर्वदलीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्ताे बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्