२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्‌घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ

१८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्।

मागेजति दिएन भारतले भारु

रत सरकारले पाँच सय र हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि नेपाल राष्ट्र बैंकले मागेजति भारु नोट दिन छाडेको छ । उसले ठूला नोटमा लगाएको प्रतिबन्धपछि भारतमै साना दर (सय, पचास) का नोट अभाव भएको भन्दै नेपालले मागजति नदिएको हो ।

भारत निकासी गर्न लागिएको चाइनिज मोवाइल जफत

सर्लाहीको त्रिभुवन नगरबाट भारततर्फ लैजादै गरिएको ठूलो परिमाणको चाइनिज इन्टेक्स मोवाइल प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली व्यवस्थापक, भारतीय लगानी

भारतमा पुराना नोटको कारोबार बन्द भएयता नेपालमा सुन तस्करी बढेको तथ्य बाहिर आएको छ। साथै, विभिन्न देशबाट नेपाल भित्रने सुन ग्राहकमार्फत भारतीय बजार पुग्ने पनि प्रहरी अनुसन्धानले खुलाएको छ।

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली बुधबार (आज) भारत जान लागेको हो ।

सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।

चीनलाई घेर्ने भारतीय रणनीति, भियतनामलाई दिने भयो आकाश मिसाइल

भारतले चीनको आक्रामक रवैयालाई मध्यनजर गर्दै चीनको छिमेकी मुलुक भियतनामलाई सैन्य सामाग्री बेच्ने निर्णय गरेको छ। भारतले भियतनामलाई जमिनबाट हावामा मार हान्न सक्ने स्वदेशी मिसाइल बेच्ने तयारी गरेको हो।

यौनकार्यमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ

झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

भारतद्वारा महोत्तरीको मटिहानीमा दशगजा मिचेर सडक र नाला निर्माण

भारतीय पक्षले महोत्तरीको सीमावर्ती नाका मटिहानीसंगै टाँसिएको मधवापुरमा दशगजा मिचेर सडक र नाला निर्माण गर्न लागेको छ।

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

भारतीय नोटको चरम अभावले गर्दा आर्थिक तथा वित्तिय क्षेत्रमा समस्या आएको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन्। नेपाल राष्ट्र बैंक नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी लगायतले भारतीय नोटको अभावले गर्दा सिमापारीबाट व्यवसायिक कारोबार गर्न कठिनाई भइरहेको बताए।

चित्रबहादुर केसीको प्रश्नः हामीले भारतको के बिगारेम्?

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। उनले संविधान निर्माणका क्रममा र अहिले संसोधनमको नाममा भारतले प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै नेपालीका लागि त्यो सैह्य नहुने बताए।

भारतीय क्रिकेटमा धोनी युग समाप्त, कप्तानबाट धोनीको राजीनामा

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनीले बुधबार एक दिवसीय र टि–२० टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बुधबार एक विज्ञप्ति जारी गरी धोनीले राजीनामा दिएको जनाएको हो।

नेपाल-चीन सैन्य अभ्यासले भारतलाई असर नपर्ने

भारत सरकारले नेपाल र चीनबीच हुने सैनिक अभ्यासले नेपाल–भारत सैनिक सम्बन्धलाई प्रभाव पार्न नसक्ने बताएको छ। भारतीय विदेश मन्त्रालयद्वारा आयोजित मध्यावधि समीक्षा पत्रकार सम्मेलनमा विदेश राज्यमन्त्री भिके सिंहले नेपाल–भारत सैनिक सम्बन्धलाई तेस्रो देशको नजरबाट हेर्न आवश्यक नभएको बताए।

भारतबाट गोरुको तस्करी, ८ ट्रक गोरु नियन्त्रणमा

पूर्व–पश्चिम राजमार्गको खरेन्द्रपुरमा सोमबार राति प्रहरीले १ सय ७१ वटा गोरु नियन्त्रणमा लिएको छ। इलाका प्रशासन कार्यालयको अगुवाइमा रहेको प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १० बजेततिर आठवटा ट्रकमा लोड गरिएका गोरु नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्