५ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीद्धारा हिल्सा नाकाको अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको हिल्सा नाका र लिमी लाप्चा नाकाको शनिबार हेलिकप्टरबाट अबलोकन गरेका छन्। रारा कर्णाली पर्यटन महोत्वको उद्घाटनका लागि रारा आएका प्रधानमन्त्री ओलीले शनिबार सिमिकोट विमानस्थलबाटै आम हुम्लाबासीलाई नयाँ बर्षको शुभकामना दिँदै  आफू दृढ संकल्पका साथ हुम्लाको विकासका लागि लाग्ने बताए।

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन्।

हावाहुरीले भारतमा १५ जनाकाे मत्यु

भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् ।

विद्यार्थी भर्नाका भ्रम

स्रोतसाधन अभाव हुँदाहुँदै पनि मुलुकले शिक्षामा राष्ट्रिय बजेटको २५ प्रतिशतभन्दा बढी रकम खर्च गर्दै आएको छ। तर उपलब्धिप्रति गौरव गर्न सकिने अवस्था छैन। खासमा मुलुकको शिक्षा नीति जहिल्यै दाताहरूको प्रयोग थलोका रुपमा रहँदै आएका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको हो।

रोजगारी सिर्जनाका लागि श्रममन्त्रीको अग्रसरता

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रदेशका सामाजिक विकासमन्त्रीसँग छलफल गरेका छन्।

आर्थिक गणनाका लागि तयारी पूरा

आर्थिक गणनाका लागि खोटाङमा पूर्वतयारी थालिएको छ। आगामी वैशाख १ गतेदेखि जेठ ३१ गतेसम्म सञ्चालन हुने आर्थिक गणनाका लागि गणक नियुक्ती, सचेतनामूलक कार्यक्रम, प्रचार–प्रसार लगायतका गतिविधि गरिएको केन्द्रीय तथ्यांक विभाग, आर्थिक गणना कार्यालय खोटाङले जनाएको छ।

भारतीय संरचनाका समस्याबारे ध्यानाकर्षण

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा रहेका बेला अन्तर्राष्ट्रिय नियमविपरीत निर्मित भारतीय संरचनाले नेपाली भूमिमा निम्त्याएको समस्याबारे गम्भीर रूपले कुरा उठाउन पीडितले माग गरेका छन्।

बाराको नाका हुँदै रौतहटमा तस्करी,

रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती नाकामा कडाई गरेपछि बाराको नाका हुँदै रौतहट तर्फ तस्करी फस्टाएको पाइएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करीको माल समान बरामद गरेपछि रहस्य सार्वजनिक भएको हो।

इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ काे मृत्यु

इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाकाे गोली लागेर कम्तिमा १६ जनाको मृत्यु भएको छ।

रसुवागढी नाकामा मंगलबारबाट कारोबार सुरु

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा मंगलबारदेखि पुनः कारोबार सुरु भएको छ । कारोबार सुरु भएसँगै ८० वटा कन्टेनर नेपाल भित्रिएका छन् भने ५० वटा कन्टेनर चीन प्रवेश गरेका छन्।

फियोरेन्टिनाका कप्तानको निधन

इटालियन फुटबललाई स्तब्ध पार्दै फियोरेन्टिनाका कप्तान डेविड एस्टोरीको आइतबार ३१ वर्षको उमेरमा निधन भएको छ । एस्टोरीको अकस्मात् आएको स्वास्थ्य समस्याका कारण निधन भएको क्लबले जनाएको छ।

सुँघेरै जाँचिन्छ सीमा नाकामा माछा

पूर्वी नाका काँकडभिट्टामा रहेको एनिमल क्वारेन्टाइन चेक पोस्टका प्राविधिकले भारतबाट आयातित माछा छामेर र सुँघुरै जाँच्ने गरेका छन्।  अरू धेरै कुरामा प्रविधिको उच्च प्रयोग भइरहे पनि मुलुकको मुख्य नाका मानिएको काँकडभिट्टामा भने स्थापनाकालदेखि नै प्रयोगशाला नहुँदा ‘सुँघेर’ र ‘छामेर’ माछाको गुणस्तर जाँच गर्दै आएका हुन् ।

रसुवागढी नाकाबाट ११ करोड २४ लाखको कुचो निर्यात

अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी हुँदै ११ करोड २४ लाख रुपैयाँ भन्दा बढीको अम्रिसो कुचो चीन निर्यात भएको छ।

सिरिया घटनाका मृतकको सम्झनामा दीप प्रज्वलन

सिरियामा भइरहेको नरसंहार र बमबारीको विरोध तथा मृतकको सम्झनामा चितवनमा दीप प्रज्वलन गरिएको छ।

‘नाका’ र ‘मंगलम’ मोफसल प्रचारमा

फिल्म ‘नाका’ र ‘मंगलम्’ टोली प्रचारप्रसारका लागि देश दौडाहामा रहेको छन्। फागु पूर्णिमाका दिन बिहीबारदेखि रिलिज हुने नाका र अर्को शुक्रबारदेखि प्रदर्शनमा आउने मंगलम् टोली मोफसल यात्रामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्