१३ आश्विन २०८१ आइतबार
image/svg+xml

९५ राजनीतिक दलको सूची सार्वजनिक

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ वटा राजनीतिक दल खारेजपछि कायम रहेका संख्या सार्वजनिक गरेको हो। आयोगले कायम रहेका दलको नाम, दलको चिह्न, चुनाव चिह्न, दर्ता नम्बर र सम्पर्क ठेगाना समेत सार्वजनिक गरेको छ। यसअघि खारेजीपूर्व आयोगमा १ सय ३६ दल कायम थिए।

बहराइनका राजकुमारसहितको टोलीले सगरमाथा आरोहण गर्‍यो

बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ बजेर ४० मिनेट जादाँ सगरमाथाको चुचुरोमा पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागले जनाएको छ।

खोपका राजकुमार

संसार कोरोना भाइरसबाट आक्रान्त हुन थालेका बेला उनीसँग दुईवटा बाटा थिए–पहिलो, अरू कम्पनीझैँ खोप तयार कहिले हुन्छ, त्यो उत्पादन गर्ने थोरबहुत मौका पाइन्छ कि भनेर कुर्ने र संसारमा मृतक संख्या गनिरहने। अर्को चाहिँ, संसारमा खोप तयार गर्न दौडधुप गरिरहेका शोधकर्तासँग काँधमा काँध मिलाएर अघि बढेर उनीहरूभन्दा अगाडि दौड पूरा गर्ने जोखिम मोल्ने।

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।

बहराइनका राजकुमार उत्तरी गोरखा पुगे

बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहित २१ जनाको टोली गोरखाको सामागाउँमा पुगेको छ।

लुबुचे र मनास्लु चढ्न बहराइनका राजकुमार आउँदै

विदेशी नागरिकलाई नेपाल आउन रोक लगाएको बेला सरकारले कूटनीतिक तवरबाट बहराइनका राजकुमारको जम्बो टोलीलाई नेपाल आउने अनुमति दिएको छ ।

बेलायती युवराज चार्ल्सलाई कोरोना संक्रमण

बेलायती युवराज चार्ल्सलाई कोरोना भाइरसको संक्रमण भएको छ। शाही निवासले ७१ वर्षका राजकुमारमा कोरोनाको लक्षण देखिए पनि उनको अवस्था ठिक रहेको बताएको छ।

निकुञ्ज घुम्दै राजकुमारी

बेल्जियमकी राजकुमारी एस्ट्रिडले चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेकी छन्। बुधबार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो।

मेगनले दिइन् कारबाहीको चेतावनी

बेलायी राजकुमार ह्यारी र उनकी पत्नी डचिज अफ ससिक्स मेगन मार्कलले आफ्नो फोटो प्रकाशन गर्नेलाई कानुनी कारबाहीको चेतावनी दिएका छन्। क्यानडाका सञ्चारमाध्यममा पूर्वअभिनेत्री मार्कलका फोटो प्रकाशित भएलगत्तै उनीहरूले अनुमति बिना आफ्नो फोटो खिच्ने र प्रकाशन गर्नेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्।

जीवनको ‘नयाँ अध्याय’ सुरु गर्न राजकुमार ह्यारी क्यानडा पुगे

हालैमात्र शाही उपाधि त्यागेका राजकुमार ह्यारी जीवनको ‘नयाँ अध्याय’ सुरु गर्न क्यानडा पुगेका छन्।

रक्षामन्त्री र बेल्जियमकी राजकुमारीबीच भेटवार्ता

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र बेल्जियमकी राजकुमारी एस्त्रिदबीच भेटवार्ता भएको छ। आइतबार नेपाल भ्रमणमा आएकी एस्त्रिद र उपप्रधामन्त्री पोखरेलबीच मंगलबार भेटवार्ता भएको हो।

राजकुमार ह्यारी र मेघनद्वारा शाही उपाधि परित्याग

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघनले औपचारिकरूपमा शाही उपाधि परित्याग गर्ने निर्णय गरेका छन्।

बेल्जियमकी राजकुमारी र परराष्ट्रमन्त्रीबीच भेटवार्ता

बेल्जियमकी राजकुमारी एस्ट्रिड र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ।

किन नेपाल आउँदैछिन् बेल्जियमकी राजकुमारी ?

बेल्जियमकी राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी छन्। परराष्ट्रमन्त्रालयका अनुसार उनी एक साता लामो भ्रमणका लागि आइतबार नेपाल आउन लागेकी हुन्।

राजकुमार ह्यारी दम्पतीको निर्णयबारे छलफल

बैठकमा सहभागीले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्किन ह्यारी दम्पतीलाई आग्रह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्