गाँजासहित युवक पक्राउ
सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सर्लाहीमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। हरिवन नगरपालिका–११, बालगंगाका २४ वर्षीय मोहमद फरुणलाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
‘संगठन बिस्तार’ को क्रममा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता, कार्यकर्तामाथि सिन्धुपाल्चोक प्रहरीले राज्य विरुद्धको अपराधमा अनुसन्धान थालेको छ। सिन्धुपाल्चोक जिल्ला अदालतले उक्त अपराधमा अनुसन्धान गर्न प्रहरीलाई आइतबार १० दिनको म्याद दिएको छ।
छिमेकीको हत्या गरी फरार रहेका एक वृद्धलाई प्रहरीले २८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको साविक जोगमाई गाविस–९ (हाल सूर्याेदय नगरपालिका–१) का ७३ वर्षीय रणबहादुर राईलाई पशुपतिनगरस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरिएको हो।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ नेता तथा कार्यकर्तालाई प्रहरीले सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको छ। उनीहरुका गतिविधिलाई उच्च निगरानीमा राखिरहेको नेपाल प्रहरीले उनीहरुलाई शुक्रबार राती एकै पटक नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएकाहरुमा अधिकांश जिल्ला तहका नेता छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा नायबसुब्बा ढकबहादुर कार्कीलाई पक्राउ गरेको छ।
अत्याधुनिक हतियारसहित विप्लव माओवादीका एक कार्यकर्ता प्राउ परेका छन्। उनी धरान पानबारीबाट एलएमजी र एम १६ सहित पक्राउ परेको प्रहरीले जनाएको छ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता सूर्य भुजेल पक्राउ परेका छन्। उच्च प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा वीरेन्द्रनगर–१० स्थित चाईना गेट होटलको कोठा नम्बर १५ बाट दुई पुरिया ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।
शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय रुपनीको टोलीले सप्तरीको रुपनी गाउँपालिका–१ का ३० वर्षीय देवेन्द्र यादवलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ। स्थानीय एक ३० वर्षीय महिलालाई उनकै घरमा थुनेर जबर्जस्ती करणी गरेको आरोपमा उनलाई घटनास्थलबाटै पक्राउ गरिएको प्रहरीको भनाइ छ। पीडित महिलाले अभियुक्तको नाम किटानीलगायतको व्यहोरासहित आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरीसमेत दर्ता गराएका छन्।
भक्तपुरमा आफ्नै गाडीभित्र अचेत भेटिएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। बा ५ च ६४८१ नम्बरको आफ्नै भ्यानभित्र अचेत भेटिएका सूर्यविनायक नगरपालिका–८, आर्दशका २६ वर्षीय निकेश भुजुको मृत्यु भएको हो।
सरकारले संकटकाल लगाउनु गलत भएको भन्दै प्रतिक्रिया दिएका सुडानको एउटा प्रसिद्ध पत्रिकाका सम्पादकलाई देशको सुरक्षा निकायले पक्राउ गरेको उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएएफपीले उल्लेख गरेको छ।
बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ। कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ।
यशोधरा गाउपालिका–३ स्थित वसन्तपुर मावि व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुस रकमसहित शनिबार बिहान तौलिहवबाट पक्राउ परेका छन्।
ललितपुरको एनसेल कार्यालय अगाडि शुक्रबार राति भएको बम विष्फोट घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। राति ८ बजे भएको विष्फोटमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७५ हजार रुपैयाँ घुससहित एक जेलरलाई नियन्त्रणमा लिएको छ। कार्यालयकै चौकीदारसँग घुस लिएको अभियोगमा अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले शुक्रवार मकवानपुरको भीमफेदी कारागार कार्यालयका जेलर शाखा अधिकृत मदन अधिकारीलाई उनको निवासबाट नियन्त्रणमा लिएको हो।