१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बम विष्फोटमा संलग्न भएको आरोपमा ६ पक्राउ

काठमाडौं- ललितपुरको एनसेल कार्यालय अगाडि शुक्रबार राति भएको बम विष्फोट घटनाको अनुसन्धानका लागि प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। राति ८ बजे भएको विष्फोटमा परी घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो। घटनामा घाइते अन्य दुई जनाको उपचार भइरहेको छ।

घटनामा गम्भीर घाइते भएका ३ जनामध्ये ललितपुर भैंसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै घटनामा घाइते भएकी ललितपुर महानगरपालिका ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्कालाई अल्का अस्पताल हुँदै थप उपचारका लागि मेडिसिटी रिफर गरिएको छ भने अर्की घाइते नेपाल मेडिसिटी अस्पतालमा कार्यरत नर्स काभ्रे बनेपाकी २५ वर्षीया निरुसा मानन्धरको सोही अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७५ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App