१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

होटलबाट ब्राउनसुगर बरामद

लागूऔषधसहित पक्राउ परेका २१ वर्षीय प्रविशन कार्की ।

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरको एक होटलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई पक्राउ गरेको छ। सुराकीको आधारमा वीरेन्द्रनगर–१० स्थित चाईना गेट होटलको कोठा नम्बर १५ बाट दुई पुरिया ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीपबहादुर क्षेत्रीका अनुसार होटलको कोठा खानतलासी गर्दा दुई पुरिया ब्राउनसुगरसहित वीरेन्द्रनगर–३ तातापानीका २० वर्षीय सुनिल चौधरी, १८ वर्षीय रुथ तोलाङ्गी र कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–२ कि १८ वर्षीया अञ्जु बिष्ट पक्राउ परेका हुन्। उनीहरूले खाटको बिस्तारामुनी लुकाई राखेको अवस्थामा लागूऔषध ब्राउनुगर बरामद गरिएको हो।

‘विशेष सुराकीको आधारमा कोठामा खानतलास गर्दा विस्तरामुनी लुकाई राखेको सेतो प्लाष्टिमा कालो धागोले बाँधेको एक पुडिया र कालो प्लास्टिमा सेतो धागोले बाधेको एक पुडिया ब्राउनुसगर बरामद गरेका हौं’ डिएसपी क्षेत्रीले भने। यस्तै वीरेन्द्रनगर–१० बाट प्रहरीले एक पोका तीन पुडिया लागूऔषध ब्राउनसुगरसहित एक युवतीलाई पक्राउ गरेको छ।

स्थानीय बिनोद मल्लको घरमा कोठा भाडामा बस्ने वीरेन्द्रनगर–११ कि १८ वर्षीया सीता विकलाई कालो प्लास्टिकमा लुकाई राखेको एक पोका र सेतो प्लास्टिकमा लुकाएर राखिएको तीन पुडिया लागूऔषध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ब्राउनसुगरसहित लागूऔषध सेवन गर्न प्रयोग गरेका पाँच रुपैयाँ दलका चार वटा नोट, पुडिया बनाउन प्रयोग गरिएका सेतो प्लास्टिक, तीन थान मोवाइल र आठ हजार ८२० रुपियाँ नगद बरामद गरेको छ।

यस्तै वीरेन्द्रनगर–११ बाट २१ वर्षीय प्रविशन कार्कीलाई नौ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको उनले बताए। पछिल्लो समय प्रहरीले सुर्खेतमा लागूऔषधविरुद्ध विशेष कार्यक्रम सञ्चालन गर्दै आएको छ। 

प्रकाशित: १४ फाल्गुन २०७५ ०४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App