१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने

चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएको छ।

वाकाबा कप व्याडमिन्टन खेल्न जापान जाने यू–१५ खेलाडीको विदाई

जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ।

शृंखलामा पुनरागमन गर्ने विश्वास

श्रीलंकाका प्रशिक्षक क्रिस सिल्भरउडले पाकिस्तानसँग सोमबार कोलम्बोमा हुने दोस्रो टेस्ट जित्दै शृंखलामा पुनरागमन गर्ने विश्वास व्यक्त गरेका छन्।

तेक्वान्दोका दुई खेलाडी कोरिया जाँदै

नेपालका दुई खेलाडीले कोरियामा आयोजना हुने वल्र्ड हान्मादाङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

श्रृजनशीलका जुडो खेलाडीलाई सहयोग

श्रृजनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडी र अन्य आश्रितलाई शनिबार खाद्यान्न र विद्यालय पोशाक प्रदान गरिएको छ।

टेबल टेनिस खेलाडीको बिदाइ

चीनमा आयोजना हुने १९ औें एसियाली खेलकुदको तयारी स्वरूप नेपालको टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ।

पौडीका खेलाडी श्रेष्ठलाई युनिभर्सिटी अफ साउथर्नकाे छात्रवृत्ति

पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको ‘द युनिभर्सिटी अफ साउथर्न मिसिसिपी’ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

एसियाली खेलकुदलाई लक्षित खेलाडी र प्रशिक्षकहरूलाई तालिम

१९औं एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली खेलाडी र प्रशिक्षकहरूलाई एन्टी डोपिङको तालिम प्रदान गरिएको छ।

एसियाली एथलेटिक्समा ७ नेपाली खेलाडी

थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन्।

महिला टोलीमा तीन खेलाडीको पुनरागमन

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले असार अन्तिम साता बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा तीन खेलाडीले पुनरागमन गरेका छन्।

‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’ :मोन्टी देसाई

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताए।

बंगलादेशी कप्तान तमिमले लिए संन्यास

तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।

मनास्लु र बलर्सलाई उपाधि

ब्वाइज/गर्ल्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ सय प्रतिशत, ५० प्रतिशत र ३० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्।

हरारेको घटनाको प्रभाव बुलावायोमा छिट्टै पुग्यो

अन्य घटनाको प्रभाव निकै पछि मात्र पुग्ने भए पनि हरारेमा स्कटल्यान्डसँग जिम्बाब्वे हारेको पीडा बुलावायोमा छिट्टै पुग्यो ।

सुमनलाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले आइतबार युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्