९ मंसिर २०८१ आइतबार
image/svg+xml
खेल

तेक्वान्दोका दुई खेलाडी कोरिया जाँदै

नेपालका दुई खेलाडीले कोरियामा आयोजना हुने वल्र्ड हान्मादाङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।  

आगामी जुलाई २१ देखि सुरु हुने च्याम्पियनसिपमा नेपालका स्वस्तिका तामाङ र प्रेमबहादुर लिम्बुले पुम्से विधातर्फ प्रतिस्पर्धा गर्दै छन्। सोही च्याम्पियनसिपका लागि दुई खेलाडीसहित कोरिया जाने चार सदस्यीय तेक्वान्दो टोलीलाई सोमबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले सोमबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा एक कार्यक्रमबीच शुभकामनासहित बिदाइ गरेका हुन्।

टोलीका प्रशिक्षकमा कविराज खड्गी छन् भने टार्जन सुब्बाले रेफ्रीको भूमिका निर्वाह गर्नेछन्। च्याम्पियनसिप आगामी जुलाई २१ देखि २४ सम्म सञ्चालन हुनेछ। त्यसका लागि नेपाली टोली बुधबार कोरिया प्रस्थान गर्दै छ। च्याम्पियनसिपपश्चात् रेफ्री सुब्बा नेपाल फर्कनेछन्। प्रशिक्षक र खेलाडी भने वैदेशिक प्रशिक्षणका लागि मलेसिया प्रस्थान गर्ने कार्यक्रम छ। खेलाडीले साउन ११ गते देखि २५ गतेसम्म मलेसियामा प्रशिक्षण लिने कार्यक्रम रहेको प्रशिक्षक कविराज खड्गीले जानकारी दिए।

प्रकाशित: २ श्रावण २०८० ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App