१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

बंगलादेशी कप्तान तमिमले लिए संन्यास

बंगलादेशका कप्तान तमिम इकबालले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला जारी रहँदा इकबालले सबै संरचनाको क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्।

‘मंगलबार अफगानिस्तानविरुद्धको तीन एकदिदसीय शृंखलाअन्तर्गतको पहिलो खेल नै मेरा लागि अन्तिम खेल रह्यो,’ तमिमले भने, ‘म अहिलेबाट लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गर्दछु।’

तमिम संन्यास घोषणाको कार्यक्रममा भावुक देखिएका थिए। ‘मैले संन्यास लिनुपर्ने यकिन कारण छैन। मैले पछिल्लो केही समयदेखि यो निर्णयबाट विचार गरिरहेको थिएँ,’ तमिमले भने, ‘मैले यसबारे मेरो परिवारको सदस्यलाई समेत भनेको थिएँ। मेरा लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदाइ लिने यो उत्तम समय हो।’

बंगलादेशका कप्तान तमिम इकबालले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखला जारी रहँदा इकबालले सबै संरचनाको क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्।

तमिमले आइतबार आफू पूर्ण रूपमा फिट नभए पनि अफगानिस्तानविरुद्धको तीन खेलको एकदेवसीय शृंखला खेल्ने घोषणा गरेका थिए। सो निर्णयसँगै उनको चर्को आलोचना भएको थियो। पहिलो एकदिवसीय खेलमा बंगलादेशले अफगानिस्तानलाई नतिजा सुम्पिएको थियो। बंगलादेश क्रिकेट बोर्ड ( बिसिबी) का अध्यक्ष नाजमुल हुसेनले भने खेलाडीको आलोचना गर्नु गलत भएको बताए।

तमिमले पहिलो एकदिवसीय खेलमा २१ बलमा १३ रन मात्र जोडेका थिए। जुन खेल अफगानिस्तानले १७ रनले जितेको थियो। तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।

त्यस्तै उनले ७० टेस्ट खेलको १ सय ३४ इनिङमा १० शतकसहित ५ हजार १ सय ३४ रन जोडेका छन्। उनले सन् २०२२ मा ट्वान्टी-२० क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए। ‘तमिम बंगलादेश क्रिकेटका लागि सबैभन्दा उत्कृष्ट खेलाडी थिए, टोलीमा उनको अभाव खड्कनेछ,’ बंगलादेशका पूर्वकप्तान हबिबुल बसारले भने।

तमिमले आइतबार आफू पूर्ण रूपमा फिट नभए पनि अफगानिस्तानविरुद्धको तीन खेलको एकदेवसीय शृंखला खेल्ने घोषणा गरेका थिए।

सन् २००७ मा वेस्ट इन्डिजमा सम्पन्न एकदिवसीय विश्वकपमा बंगलादेशले भारतलाई स्तब्ध पार्ने क्रममा तमिमले ५१ रन जोडेका थिए।

सन् २०१२ मा उनको उत्कृष्ट प्रदर्शनमा बंगलादेशले एसिया कपको फाइनलसम्मको यात्रा तय गरेको थियो। उनले सन् २००७ फेबु्रअरीमा जिम्बाब्वेविरुद्धको खेलसँगै बंगलादेश टोलीबाट एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए। अफगानिस्तानले सन् २०१६ र २०२२ मा एकदिवसीय शृंखलाका लागि बंगलादेश भ्रमण गरेको थियो। तर दुवै शृंखला बंगलादेशले २–१ ले जितेको थियो। 

प्रकाशित: २२ असार २०८० ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App