१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

एसियाली खेलकुदलाई लक्षित खेलाडी र प्रशिक्षकहरूलाई तालिम

१९औं एसियाली खेलकुदलाई लक्षित गर्दै नेपाली खेलाडी र प्रशिक्षकहरूलाई एन्टी डोपिङको तालिम प्रदान गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत १९ औं एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा आज देखि शुरु भएको छ। तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा शुरु भएको हो।

एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने विभिन्न २९ खेललाई तीन भागमा विभाजन गरी तीन दिनसम्म कक्षा सञ्चालन गरिनेछ।

सहभागीलाई औषधिको प्रयोग, डोपिङको विधि, डोपिङको आवश्यकता, प्रशिक्षणको अवस्थामा रहेका खेलाडीले प्रयोग गरिरहेको औषधि, वडाको नियम लगायतका विषयमा जानकारी गराइनेछ। दक्षिण एसियाली एन्टी डोपिङ ओर्गनाइजेसनका बोर्ड सदस्य डा. ज्ञानेन्द्र शाह, नेपाल ओलम्पिक कमिटीअन्तर्गत एन्टी डोपिङ कमिटीका संयोजक डा. नविसमान सिंह प्रधान र विज्ञ डा. सुसन वैद्यले सहभागीलाई एन्टी डोपिङ सम्बन्धी जानकारी दिइरहेका छन्।

कार्यक्रमको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबिच उद्घाटन गरे। सो अवसरमा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले अन्य देशले एन्टी डोपिङबारे धेरै प्रगति भइरहेको उल्लेख गरे। राखेपले पनि यसबारे धेरै गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

एन्टी डोपिङ सम्बन्धमा प्रगति गर्न सक्दा पनि राष्ट्रको शान बढ्ने मन्त्री लिम्बूको विश्वास छ।एन्टी डोपिङको भेला र प्रशिक्षणले पनि आफूहरूलाई काम गर्न प्रोत्साहित गर्ने मन्त्री लिम्बूको भनाइ छ। 

दक्षिण एसियाली एन्टी डोपिङका सदस्य डा. ज्ञानेन्द्रविक्रम शाहले पछिल्ला समय डोपिङका बारे विभिन्न कार्यक्रम बढाइँदै गएको उल्लेख गरे। यस्ता कार्यक्रमले गर्दा खेलाडीहरू पनि डोपिङबारे थप सचेत हुँदै गएको शाहको विश्वास थियो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले आम जनसमुदायले पनि खेलाडीहरूबाट धेरै अपेक्षा गरिरहेको बताए। खेलाडीहरूले पनि ती अपेक्षाहरू पूरा गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले चरणबद्ध रूपमा नेपाली खेलाडीहरूले तयारी गरिरहेको बताए। सोही तयारीमा रहेका खेलाडीलाई राखेपले डोपिङका बारेमा प्रशिक्षण पनि दिइरहेको जानकारी दिए। 

प्रकाशित: २६ असार २०८० १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App