२७ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

म्यानको सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्ड

यस वर्षको नेपाल व्यवस्थापन संघ (म्यान) सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्ड गौरव उप्रेतीलाई प्रदान गरिएको छ।

पुरस्कार नेपाल व्यवस्थापन संघ म्यानको राष्ट्रिय व्यवस्थापन सम्मेलनमा शनिबार घोषणा गरिएको हो। उक्त पुरस्कार सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट प्रदान गरियो।

यस पुरस्कारको चयन प्रक्रियामा सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल व्यवस्थापन संघ म्यानका पदाधिकारीहरू सम्मिलित एक समितिले गरेको हो।

पुरस्कृत मेन सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्डले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ र यसले भविष्यका म्यानेजमेन्ट व्यवसायीहरूलाई प्रोत्साहित गर्ने विश्वास लिएको बैंकले जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल व्यवस्थापन संघ म्यानबीच गत वर्ष एमबिए तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले मेन सिटिजन्स अस्पाइरिङ म्यानेजमेन्ट अवार्ड स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।  

प्रकाशित: २६ माघ २०८२ ०८:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App