२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पौडीका खेलाडी श्रेष्ठलाई युनिभर्सिटी अफ साउथर्नकाे छात्रवृत्ति

पौडीका राष्ट्रिय खेलाडी सलिप श्रेष्ठलाई अमेरिकाको मिसिसिपी राज्यअन्तर्गत रहेको ‘द युनिभर्सिटी अफ साउथर्न मिसिसिपी’ले पूर्ण छात्रवृत्ति प्रदान गरेको छ।

युनिभर्सिटीले खेलाडी सलिप श्रेष्ठलाई कम्प्यूटर साइन्समा स्नातक तह अध्ययनका लागि पूर्ण छात्रवृत्तिको साथै खानबस्नकाे पनि सुविधा प्रदान गरेको छ।

२०६१ साल कार्तिक ४ गते पोखरामा जन्मिएका सलिप श्रेष्ठको पुर्ख्याैली घर मध्य नेपाल नगरपालिका वार्ड नं. ३  सोतीपसल, लमजुङ हो। हाल उनी प्रगतिटोल चाउथे, पोखरा, कास्कीमा  स्थायी बसोबास गरिरहेका छन्।

उनले कन्चनजंघा बोर्डिङ स्कुल फूलबारी  पोखरामा नर्सरी, कास्की मोर्डनाइज्ड एकेडमी  चाउथे पोखरामा एलकेजीदेखि ३ कक्षासम्म र ४ देखि  १२ कक्षासम्म गण्डकी बोर्डिङ स्कुल लामाचौर पोखरामा अध्य्यन गरेका हुन्।

कास्की  जिल्ला र गण्डकी प्रदेशमा पौडीमा उत्कृष्ट  भई विभिन्न पदक विजेता उनले आठौं र नवौं राष्ट्रिय  खेलकुद प्रतियोगिता सहभागीता जनाएका थिए। अध्ययनका लागि अमेरिकी भिजा प्राप्त गरिसकेका उनी यही आउँदो अगष्ट महिनामा अमेरिका प्रस्थान गर्ने छन्। सलिप श्रेष्ठ साहित्यकार दीपक समीपका सुपुत्र हुन्।

प्रकाशित: २७ असार २०८० ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App