२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

२२० केभी बाह्रबिसे सबस्टेसनको प्रगति ९५ प्रतिशत

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०/१३२ केभी सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ। दुई महिनाभित्रमा सक्ने लक्ष्यका साथ सबस्टेसन निर्माणका अन्तिम चरणका कामहरू धमाधम भइरहेका छन्।

गोकुलेको आरुबोटमा सब-स्टेसन निर्माण सुस्त

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका १ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण कार्य सुस्ताएको छ।

ठेक्का सम्झौताको पाँच वर्षपछि इनरुवा सबस्टेसन तयार

ठेक्का सम्झौता भएको पाँच वर्षपछि ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण कार्य सकिएको छ। ढिलासुस्ती हुँदै आएको सबस्टेसनको निर्माण सम्पन्न गरेर शुक्रबार उद्घाटन गरिएको हो।

एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ ।

नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता वृद्धि

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ खिम्ती सबस्टेसनमा राखिएका नयाँ ट्रान्सफर्मर सञ्चालनमा आएसँगै लिखु नदी करिडोरमा सञ्चालित जलविद्युत् आयोजनाहरूले बेहोरिरहेको विद्युत् प्रवाहको समस्या समाधान भएको बताए।

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

चोभार सबस्टेसन निर्माणको अवरोध हट्यो

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मी, उपप्रमुख शुभलक्ष्मी शाक्य, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वडाध्यक्ष खिरमानसिंह बस्नेत, जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दीपक महर्जन र स्थानीय प्रतिनिधि सम्मिलित संयुक्त बैठकले सबस्टेसन निर्माणलाई अगाडि बढाउने निर्णय गरेको छ।

सबस्टेसनमा समस्या आउँदा भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द

प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रअन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको हो।

काम नभए ठेक्का तोड्ने चेतावनी

पटकपटक म्याद थप गर्दा समेत काम नभएपछि प्राधिकरणले आपत्ति जनाउँदै म्याद नथप्ने चेतावनी दिएको हो। पछिल्लो तोकिएको समयमा काम नभए कारबाहीमा जानुपर्ने चेतावनी प्राधिकरणको छ।

कुश्मा–दाना प्रसारण लाइन र सबस्टेसन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत पर्वतको कुश्मादेखि म्याग्दीको दानासम्मको पहिलो खण्ड उद्घाटन गरेका छन्।

देशकै ठूलो सबस्टेसन उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा निर्माण भएको देशकै ठूलो र पहिलो चार सय केभी ढल्केबर सबस्टेसन सोमबार उद्घाटन गरेपछि सञ्चालनमा आएको हो। यो १३ बिघा जमिनमा फैलिएको ४०० र २२० केभी सबस्टेसन हो।

देशकै ठूलो सबस्टेसन निर्माण सम्पन्न, प्राधिकरणका निवर्तमान निर्देशक घिसिङले दिए बधाई

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनका रुपमा परिचित ढल्केबर सबस्टेसन नो लोडमा चार्ज भएको छ।

ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा

मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ। आगामी पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी सञ्चालन गर्ने (चार्ज) लक्ष्यका साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्