७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

यो वर्ष साइट क्लियर, अर्काे वर्षदेखि निर्माण

मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले चालु आर्थिक वर्षमा साइट क्लियर लगायत पूर्वसर्त पूरा गरेर आगामी आर्थिक वर्षदेखि ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)’ अन्तर्गत ७० अर्ब लागतको आयोजना कार्यान्वयनमा ल्याउने भएको छ।

त्रिशूली ३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ।

सबस्टेसनका लागि टेन्डरको भाका सरेको स-यै

भैरहवास्थित देशकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापनाको काम सुरु भएको वर्ष दिन बितिसक्दा पनि विद्युत् व्यवस्थापनको काम अझै सुरु भएको छैन।

चार सय केभी ढल्केबर सबस्टेसन पुसभित्र सञ्चालनमा आउने

मुलुकभित्रको प्रसारण प्रणालीलाई दरिलो तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभीको ढल्केबर सबस्टेसन आगामी पुसभित्र सञ्चालनमा आउने भएको छ। स्वदेशी लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४०० केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४०० केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने घोषणा गरिसकेको छ। ४००/२२० केभीको सबस्टेसन सञ्चालनमा आएपछि नेपाल र भारतबीच नौ सय मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

बर्दियाको राजापुर सबस्टेसन सञ्चालन, विद्युत् आपूर्ति सुधार हुने

बर्दियाको राजापुर क्षेत्रको विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन सञ्चालनमा आएको छ।

टावर स्पोटिङ र सबस्टेसन डिजाइनको काम सुरु

चीनसँगको अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि टावर स्पोटिङ र चिलिमे हब सबस्टेसन डिजाइनको काम सुरु भएको छ।

तनहुँको मार्कीचोक सबस्टेसन सञ्चालन

तनहुँको मार्कीचोकमा निर्माण भएको १३२/३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन निर्माण सम्पन्न गरी बिहीबारदेखि सञ्चालन (चार्ज)मा ल्याएको हो।

होलेरी र महाराजगन्ज सबस्टेसन सञ्चालनमा

रोल्पा र कपिलवस्तुको विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको होलेरी र महाराजगन्ज सबस्टेसन सञ्चालनमा आएका छन्। सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा रोल्पाको रुन्टीगढी गाउँपालिकामा निर्माण भएको ३३÷११ केभी होलेरी सबस्टेसन मंगलबारदेखि सञ्चालनमा (चार्ज) आएको हो। सबस्टेसमा रहेका तीनवटा फिडरमध्ये दुईवटाबाट त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिएको छ।

झापाको घैलाडुब्बा सबस्टेसन सञ्चालनमा

झापाको सुरुंगा, घैलाडुब्बा, कुमारथोक, राजगढ लगायत स्थानमा विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको घैलाडुब्बा सबस्टेसन सञ्चालनमा आएको छ। सरकार, नेपाल विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलित ऋणमा निर्माण भएको ३३÷११ केभी घैलाडुब्बा सबस्टेसन शनिबारबाट सञ्चालन (चार्ज)मा आएको हो।

ढल्केबर सबस्टेसनबाट चिनियाँ कम्पनी बाहिरियो

पटक–पटक काममा तीव्रता दिन आग्रह गरे पनि काम अघि बढाउन कुनै चासो नदिएको भन्दै नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) सँग सम्झौता तोडेको छ । सबस्टेसन निर्माणको कामलाई तीव्रता दिन नसकेका कारण उक्त कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको प्राधिकरणको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्