४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङमा फागुन २२ गतेबाट कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाइने

ताप्लेजुङमा फागुन २२ बाट २९ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज सहितको खोप अभियान सञ्चालन हुने भएको छ।

खोप किन्न दुई अर्ब १४ करोड ऋण

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतामा हस्ताक्षर गरे।

दश लाखले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’

आज कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्।

कोभिड खोपमा लापरबाहीः प्रतिवेदन

२४ लाख डोज खोप हिनामिना भएको कुरा समाचारमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ १६ गते कोभिड १९ विरुद्धको खोप अध्ययन समिति गठन गरेको थियो।

थानकोटमा एक अर्बको लगानीमा विशेषज्ञ सेवा अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक(केएफडब्लु) रु. एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ।

जुम्लाका ६० हजार नागरिकले कोभिडविरुद्धको खोप लगाए

कुल जनसंख्याको ५६ प्रतिशत अर्थात ४५ हजार ४८८ नागरिकले पूर्ण खोप लगाइसकेका छन्।

डोटीका २७ हजार विद्यार्थीले पाए मोडर्ना खोप

जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो। यहाँका नौवटै स्थानीय तहले विद्यालयमै खोप अभियान सञ्चालन गरी दोस्रो चरणको मोडर्ना खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए।

अरुबेला सधैं सास्ती, कोरोना खोपमा भाग्यमानी

सबैखाले सुविधाबाट बञ्चित दुर्गम गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सकेका छन। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै खोप लगाउन पाए। त्यसको गतिलो उदाहरण बनेका छन, गोरखाको चुमनुब्री, मुस्ताङको साङता र म्याग्दीको गुर्जा । ती गाउँका बासिन्दाले सबैखाले असुविधा भोगिरहँदा खोपमा भने सास्ती खेप्नुपरेन, बरु अरुतिर भन्दा छिटो लगाउन पाए।

सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीमा सबैले लगाए कोरोनाविरुद्धको खोप

कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।

विद्यार्थीलक्षित मोडर्ना खोप दिइँदै

स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिए।

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप दिइने कार्यक्रमको आज यहाँ उद्घाटन गरिएको हो।

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्लास्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए। उनकाअनुसार जिल्लाका दसवटै स्थानीय तहमा अहिले कोभिड–१९ विरुद्धको खोप अभियान चलिरहेको छ।

खोप कार्डको निर्णयविरुद्धको रिटमाथि आज सुनुवाइ

सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको हो। खोप कार्डसम्बन्धी सरकारले गरेको निर्णय कार्यान्वयन भइरहने वा रोक्ने भन्ने निर्णय सर्वोच्च अदालतले गर्नेछ।

जापानले १०.४ अर्ब दिने

युनिसेफ र नेपालका लागि जापानी दूतावासले कार्यक्रमको साझेदार निकायका रूपमा सोमबार संयुक्त विज्ञप्ति जारी गरी कोल्डचेन व्यवस्थापनमा गरेको योगदान कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगी रहेको जनाएका छन्। विश्वभरि कोरोना महामारी सुरु भएयता अर्थात् सन् २०२० जनवरी ३१ देखि सन् २०२२ को जनवरी ३१ सम्ममा चरणबद्ध रूपमा आवश्यक उपकरण उपलब्ध गराएको विज्ञप्तिमा जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्