१२ मंसिर २०८१ बुधबार
image/svg+xml

राजकुमारको कृषि कथाः काम गर, सफलता मानिसको पछिपछि आउँछ

जीवनमा खुसी पाउन झन्डै ३० वर्ष सङ्घर्ष गरेका ढकालको मुहारमा खुसी आउन चार वर्ष काफी समय भयो। मलेसियाको तातो घामदेखि काठमाडौंका गल्लीगल्लीमा संघर्ष गरेका उनी गाउँ फर्किएर कृषि पेसामा संलग्न भएको चार वर्षमै उनको मुहारमा खुसी छाएको हो।

उपत्यकामा पाँच स्थानमा ट्राफिक पोष्ट थपिए

काठमाडौँ उपत्यकाका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएको छ।उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि काठमाडौँ, भक्तपुर र ललितपुरका पाँच स्थानमा अस्थायी ट्राफिक पोष्ट थप गरिएका हुन्।

कामपामा जेठ मसान्तसम्म एक सय ६२ आगलागीका घटना

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको अवधिमा काठमाडौँ महानगरपलिकामा तीन सय ९९ विपद्का घटना घटेका छन्। यसमा सबैभन्दा धेरै आगलागिका घटना रहेको कामपाले जनाएको छ। ती घटनामध्ये एक सय ६२ आगलागीका घटना भएको कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिएका छन।

अमेरिकामा फेरि अर्को गोलीकाण्डः ४ जनाको मृत्यु, ४ घाइते

संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियामा सोमबार राति भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।

कामना बैंकद्वारा विद्यार्थीलाई पोशाक हस्तान्तरण

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत झापा जिल्ला कमल गाउँपालिका वडा ५ पाडाजुङ्गस्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो।

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

२२ प्रतिशत घरेलु कामदार हिंसामा

वैतनिक रूपमा काम गर्ने करिब २२ प्रतिशत घरेलु कामदारमाथि कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसा हुने गरेको एक अध्ययनले देखाएको छ।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

गोरखाबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखामा प्रहरीले टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए।

राष्ट्रपति पौडेलबाट बकर इदकाे शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधता रहेको हाम्रो मुलुकमा इद–उल–अज्हा (बकर इद) पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिएका छन्।

अरुको कामको म जिम्मा लिन्नः पौडेल

मंगलबार नागरिक दैनिकसँग कुराकानी गदै उनले जेलमुक्त भएपछि आफू समाजसेवामा लागेको र पहिला जेजस्तो अवस्था भए पनि अब पुराना कुराहरू बिर्सेर नयाँ जीवनमा फर्केकाले आफ्नो नाम जोडेर अरूले गर्ने कामको जिम्मेवार आफू नहुने बताएका हुन्।

गरुडा नगरपालिकामा तालाबन्दी

गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना जारी राखेका छन्।

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ।

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्