१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

टीकापुरका मेयर र उपमेयरबीच योजना भागबण्डामा जुट्यो सहमति

टीकापुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवाद योजना भागबण्डामा टुङ्गिएको छ। दुई जना बीचको विवादले उग्र रूप लिएपछि तेह्रौं नगर सभा समेत प्रभावित बनेको थियो।

टीकापुरमा केरा खेती फष्टाउँदै

कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ। यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ। बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्।

गुनासो पोख्दै कांग्रेस जिल्ला सभापतिहरू

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका नेताले विधि र विधान मिच्दै अघि बढ्दा त्यसको असर तल्लो तहसम्म परेको गुनासो गरेका छन्।

आजदेखि जसपाको विधान अधिवेशन

जनता समाजवादी पार्टी (जसपा) नेपाल को विधान अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ।

सांसद्काे प्रश्नः कुटपिट गरेर मरनासन्न बनाएको मान्छेको मुद्दा फिर्ता लिने यो कहाँको न्याय हो ?

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा खेपिरहेका नेविसंघका कार्यकर्ताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

संसद्मा राजसंस्थाको वकालत नगर्न ज्ञानेन्द्र शाहीलाई सांसद दाहालको चेतावनी

नेकपा(माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई संसद्मा राजतन्त्रको वकालत नगर्न चेतावनी दिएका छन्।

आर्थिक वृद्धि दरको ६ प्रतिशत लक्ष्यमा शंका

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आर्थिक वर्ष २०८०/८१ को बजेट आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत गर्ने भनिएको तर असम्भव भएको बताएका छन्।

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन।

नागरिकता विधेयक प्रमाणीकरण विवाद: तत्काल कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नागरिकता विधेयकलाई कानुनका रूपमा कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सुमनलाई पुरुष सिंगल्समा स्वर्ण

किङ्स टिटीका सुमन शाक्यले सोमबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

चौधरीको सजाय मिनाहा,पीडित सर्वोच्चमा

टीकापुर घटनामा जन्मकैद सजाय ठहर भएका रेशमलाल चौधरीलाई गणतन्त्र दिवसको निहुँ पारेर सजाय माफी मिनाहा दिन सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।

अर्थ समितिमा रास्वपा सांसद श्रेष्ठ र अर्थमन्त्रीबीच भनाभन

अर्थ समितिको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठबीच भनाभन भएको छ।

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्