१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गुनासो पोख्दै कांग्रेस जिल्ला सभापतिहरू

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका नेताले विधि र विधान मिच्दै अघि बढ्दा त्यसको असर तल्लो तहसम्म परेको गुनासो गरेका छन्।

महामन्त्री गगनकुमार थापालले क्रियाशील सदस्यताका विषयमा जिल्ला सभापतिसँग केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको छलफल कार्यक्रममा पार्टीलाई गतिशील बनाउने कार्यक्रम ल्याउनुको साटो भाषणमै नेताहरू रमाएको गुनासो गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवाका साथै युवा महामन्त्रीहरूले पनि पार्टीलाई चलायमान बनाउने योजना र कार्यक्रम नल्याएको जिल्ला सभापतिहरूले गुनासो गरेका छन्। पार्टीमा विवाद र विभाजन भन्दा एकताको आवश्यकता रहेको औल्याउँदै एकलेअर्काको आलोचना गरेर संगठन मजबुत नहुने धारणा राखेका छन्।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका नेताले विधि र विधान मिच्दै अघि बढ्दा त्यसको असर तल्लो तहसम्म परेको गुनासो गरेका छन्।

पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय तदर्थ समिति विस्तारप्रतिसमेत असन्तुष्टि जनाउँदै जिल्ला सभापतिहरूले पार्टी संरचनाबाहिर गएर कुनै पनि कार्यक्रम नगर्न पनि नेताहरूलाई आग्रह गरेका छन्।

पार्टीका नियमित गतिविधिहरूलाई अघि नबढाउने तयर बाहिर चर्चामा आउन र रूपान्तरणसहितका विभिन्न कार्यक्रम चलिरहेको भन्दैले संस्थापनइतर समूहले विभिन्न प्रदेश र जिल्लामा आयोजना गरेको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन्।

बैठकमा जिल्ला सभापतिहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा पार्टीकातर्फबाट सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले सबैभन्दा धेरै अर्थमन्त्री प्रकाशशरण महतको आलोचना गरेका छन्। महतले आफ्नो जिल्लामा मात्र बजेट हालेको गुनासो गर्दै विकास निर्माणका लागि न्यूनतम बजेटसमेत विनियोजन नहुँदै जिल्ला जाने अवस्था नभएको गुनासो गरेका छन्।

पार्टीका प्रमुख भ्रातृ संगठनहरूको केन्द्रीय तदर्थ समिति विस्तारप्रतिसमेत असन्तुष्टि जनाउँदै जिल्ला सभापतिहरूले पार्टी संरचनाबाहिर गएर कुनै पनि कार्यक्रम नगर्न पनि नेताहरूलाई आग्रह गरेका छन्।

बैठकमा ४२ जिल्ला सभापति ६० जना सहभागि बैठकमा क्रियाशील सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापनबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आफ्ना अवधारणा राखेका छन्। जिल्ला सभापतिहरू धारणा राख्ने क्रम जारी रहेका कारण शुक्रबार बिहान ११ बजे पुनः बैठक बस्ने छ।

प्रकाशित: २२ असार २०८० ०१:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App