२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आममाफी पाएका रेशम चौधरी जेलबाट छुटे

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेका छन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका चौधरी आज बिहानै जेलमुक्त भएका हुन्। उनको स्वागतको लागि पत्नी तथा नाउपाकी अध्यक्ष रंजिता श्रेष्ठ लगायत पार्टीका कार्यकर्ताहरु डिल्ली बजार कारागार पुगेका थिए।  

२०७२ भदौ २७ मा कैलाली टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित सात सुरक्षाकर्मीको ज्यान गएको थियो। रेशमलाई त्यस घटनाका मुख्य अभियुक्त मानी मुद्दा दर्ता भई ठहर भएको हो। उनी २०७४ सालमा पक्राउ परेका थिए।  

प्रकाशित: १५ जेष्ठ २०८० ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App