१० मंसिर २०८१ सोमबार
image/svg+xml

अत्याधिक हिमपातका कारण फ्रान्समा एकको मृत्यु, तीन लाख घर विद्युत विहिन

अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक जनाको मृत्यु भएको छ।

महसुल उठाउन लाइन काट्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ। बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न सुरु गरेको हो।

कर्णालीका पाँच जिल्ला राष्ट्रिय प्रसारण लाइनको पहुँच बाहिर

कर्णाली प्रदेशका पाँच जिल्लामा अझै विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न सकेको छैन।

जलविद्युत् आयोजनाकाे लागत बढेको बढ्यै

१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।

‘विद्युत् व्यापार र जलविद्युतमा लगानी ल्याउनु पर्‍यो’

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणको क्रममा नेपाल सरकारले विद्युत व्यापार र जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने वातावरण गराउन सरोकारवाला निकायले अनुरोध गरेका छन्। गतअसार ६ गते नेपाल र बंगलादेशको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीचऊर्जाकाविभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो।

विद्युत र टेलिकमबीच समन्वय नहुँदा काममा ढिलाइ

नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिका अन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन्।

विद्युतीय धरापमा परेर ३७ को मृत्यु

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ। सुन खानीका मजदुरलाई लिएर आइरहेको सुरक्षाकर्मीहरुको सवारी साधन धरापमा परेकोले मृत्यु हुनेमा सुरक्षाकर्मी र सर्वसाधारण मजदुर रहेका छन्।

विद्युतीय धरापमा परेर ३७ को मृत्यु, ६० घाइते

बुर्किना फासोको तपोआ प्रान्तमा विद्युतीय धरापमा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ।

विद्युतीय प्रणालीसम्बन्धी मापदण्ड लागू गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ।

जलविद्युतमा डोजर हमला

केही दिन पहिला बैतडीमा ग्रामीण सडक निर्माणका क्रममा निकै दर्दनाक घटना भयो। उपलब्ध भिडियोमा सडक निर्माण प्रतिरोध गर्ने सर्वसाधारणलाई एक्साभेटरले नियतवश नै हुत्याएको प्रस्ट देखिन्छ। दिगो विकासको मुख्य लक्ष्य भनेको जनताकै सहभागिता र सहयोगमा विकास निर्माण गरिनुपर्छ भन्ने हो। तर विकासका नाममा जनतालाई डोजरले पेल्दै विनास गर्ने सिलसिला चलिरहेको छ।

फाप्लु पुग्यो विद्युतीय गाडी ‘बिवाइडी एमपी थ्री’

चीनमा निर्मित विद्युतीय गाडी बिवाइडी एमपी थ्री हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुसम्म पुगेको छ। काठमाडौंमा फुल चार्ज गरेर हिँडेको उक्त गाडी बिपीमार्ग,घुर्मी, ओखलढुंगा हुँदै फाप्लु पुगेको हो।

एक दशकमा ४१ जना र ११ वटा हात्तीको मृत्यु

झापामा हात्तीलाई खेतबारीमा छिर्न नदिन लगाइने विद्युतीय धरापमा परी ज्यान गुमाउने मानिस र हात्तीको संख्या बढ्दै गएको छ। २०६७ सालयता विद्युतीय धरापमा परी ४१ जना मानिस र छावासहित ११ वटा जंगली हात्तीको मृत्यु भइसकेको छ। पछिल्लो पटक शनिबार जंगली हात्ती धपाउन राखिएको विद्युतीय धरापमा परी मामा–भान्जाको मृत्यु भएको छ।

प्राधिकरणलाई विद्युत् खपत बढाउने चुनौती

सरकारले नीतिगत रुपमा नै स्पष्ट व्यवस्था गरेपछि दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसमेत पूरा हुने भएको छ

लक्ष्मी पूजाकै दिन हिलापोखरीमा बिजुली बल्याे

म्याग्दीको धौलागिरि गाउँपालिका–७ हिलापोखरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ। नेपाल विद्युत् प्राधिकरण र उक्त गाउँपालिकाको सहयोगमा हिलापोखरीमा विद्युत पु-याइएको हो।

कालीगण्डकीको स्टिमर सेवा सञ्चालनमा

वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्