२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

फाप्लु पुग्यो विद्युतीय गाडी ‘बिवाइडी एमपी थ्री’

काठमाडौं – चीनमा निर्मित विद्युतीय गाडी बिवाइडी एमपी थ्री हिमाली जिल्ला सोलुखुम्बुको फाप्लुसम्म पुगेको छ।
काठमाडौंमा फुल चार्ज गरेर हिँडेको उक्त गाडी बिपीमार्ग,घुर्मी, ओखलढुंगा हुँदै फाप्लु पुगेको हो। ‘काठमाडौंमा चार्ज गरेर हिँडेको बिवाइडी एमपी थ्री फाप्लु पुगेको घटनाले यो पिच, घुमाउरो, उकालोओरालो र कच्ची सबै बाटोका लागि उपयुक्त छ भन्ने प्रमाणित भएको छ,’ नेपालका लागि बिवाइडी एमपी थ्रीको अधिकृत वितरक साइमेक्स इन्क प्रालिका बिक्री वितरण प्रमुख समिर श्रेष्ठले बताए। उनले ग्राहकले चासो राख्ने भनेकै सबै खालको सडकमा चल्छ चल्दैन भन्ने कुरा मुख्य रहेको र त्यसमा शंका नगर्न आग्रह गरे।

उनका अनुसार ५० दशमलव ३ किलोवाट क्षमताको एनसिएम व्याट्री प्रयोग हुने यो कार एक पटक चार्ज गरेर तीन सय १० किलो मिटर सम्म चालउन सकिने यो कार पाँच र सात सिटमा उपलब्ध छ। कम्पनीले यसको संचालन र मर्मत खर्च अन्यको भन्दा कम रहेको दावी गरेको छ। श्रेष्ठ प्रति किलोमिटर दुई रुपैया भन्दा कमको इन्धन खपतमा यात्रा गर्न सकिने बताउँछन्। उनले यो कार ८० प्रतिशत सात बर्षे फाइनान्स सुविधा न्युनतम व्याजदरमा प्राप्त गर्न सकिने बताए।

व्याट्रीमा आठ वर्षको वारेण्टी सुविधा भएको यो गाडीमा दुवै तिर स्लाइड सहितको ढोका, एयर व्याग, एडजस्टेवल सिट, रि–जेनेरेटिभ ब्रेक, हिल होल्ड कन्ट्रलो (एचएचसी) र इलेक्ट्रोनिक प्रोग्राम (इएसपी) सुविधा रहेको श्रेष्ठले जानकारी दिए। सन् २०१५ देखी  बिक्रीमा ग्लोवल च्यानपियन रहको बिवाइडीले कारका अतिरिक्त इलेक्ट्रोनिक बस, ट्रक, स्काइ रेल, लगायतका उत्पादन गर्दै आएको र ति विश्वका ६० देशका तीन सय शहरमा प्रयोगमा आइरहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App