४ कार्तिक २०८१ आइतबार
image/svg+xml

प्रदेश २: दुर्घटनामा मृत्युदर बढ्दो

दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा लापरबाही नदेखिए धरौटीमा छुट्ने कानुनी व्यवस्था छ। बढ्दो दुर्घटनाको कारणबारे विभिन्न कोणबाट थरीथरीका विश्लेषणहरू बाहिर आइरहेका छन्। यसबारे प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले समेत कारण केलाएका छन्।

सेती नदीमा डुबेर युवकको मृत्यु

डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो एक युवकको मृत्यु भएको छ। सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमीको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए।

कैलालीमा हात्तीको आक्रमणबाट एक जनाकाे मृत्यु

वन जङ्गल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जङ्गली जनावर जङ्गल बाहिर निस्कने, जङ्गलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँछन्।

भारतमा कोरोनाबाट एकै दिन चार सय बढीको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४ सय ५९ जनाको मृत्यु भएको छ। एकै दिनमा कोरोनाबाट ४ सय ५९ जनाको मृत्यु हुनु यसवर्ष सुरु भएयताको नै सब भन्दा धेरै संख्या भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ।

जङ्गलको आगो निभाउन जाँदा भिरबाट लडेर मृत्यु

मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ।

माछा मार्ने क्रममा करेन्ट लाग्दा युवकको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा पिखुवा हाइड्रोपावरमा काम गर्ने मजुदर महेन्द्रनगरका ३४ वर्षीय रामबहादुर आलेमगरको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णकुमार चन्दले जानकारी दिए।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका–७ खप्तरी टोलमा एकको मृत्यु भएको छ। आइतबार मध्यराति घरमा सुतिरहेका मगरलाई हात्तीले आक्रमण गर्दा खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको प्रहरीले जनाएको।

बस र स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट जाँदै गरेको स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको हो।

म्यानमारमा व्यापक सैनिक दमन, ८९ प्रदर्शनकारीको मृत्यु

शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।

अमेरिकामा शुक्रबार आएको आँधीबाट ६ जनाको मृत्यु

संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको बताइएको छ। अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ।

ट्रकको ठक्करबाट प्रदेश २ को मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए। आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो।

ग्यास शिलिण्डर पड्केर घाइते भएकाको मृत्यु

भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सृजनानगरस्थित पसलमा ग्यास पड्केर घाइते भएका पसल मालिक टिकाराम बस्नेतको शुक्रबार मृत्यु भएको छ। चैत ८ गते शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा संचालन रहेको भीमेश्वर मःमः एण्ड चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्याँसको सिलिण्डर पड्केर घाइते होटल संचालक बस्नेतको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान सवा २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन्। मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्