२६ पुस २०८१ शुक्रबार
image/svg+xml

विदेशी पर्यटक पनि रमाए तिहारमा

पोखरास्थित पश्चिमाञ्चल होटल संघले आयोजना गरेको भाइटीका महोत्सवमा ३० जना विदेशी पर्यटकले सहभागिता जनाएका छन्। पछिल्लो १३ वर्षदेखि नियमित विदेशी पर्यटकसँग तिहार मनाउदै आएको संघले लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा सामूहिक भाइटीका कार्यक्रममा पर्यटकलाई सहभागी गराएको हो। उक्त कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका तथा फूलमालासहित उपहार दिएका थिए।

तिहारमा पनि योजना अनुगमन

सङ्घीय सरकार र प्रदेश सरकारबाट जिल्लामा परेको योजनाको अनुगमन तथा जनतासँग घरदैलो भेटघाटमा डोल्पाका प्रदेशसभा सदस्य तथा पार्टीका नेताहरुको दिन बितेको छ ।

सहकारी पीडितलाई तिहारमा पनि पीडा

सहकारी वित्तीय विकास संस्थाका पीडितहरूले रकम अभावमा पनि ठूला पर्वहरू मनाउनुपरेको छ। गत जेठमा सहकारी समस्यामा आएपछि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन सकेका छैनन्। ईद, बकरईद, दसैँ र तिहारजस्ता पर्वका बेला आफ्नै रकम फिर्ता लिन उनीहरू सडकमै उत्रदै आएका छन्।

तिहारमा पूजा गर्नलाई गाई पाइएन

सोमबार जाजरकोट खलंगाका स्थानीयहरु बिहानै देखि गाई खोज्न हैरानी गर्दै थिए। तिहारमा पूजा गर्ने गौमाताको रुपमा पूजिने गाईको खोजीमा उनीहरुलाई हैरानी परेको थियो। गाईपूजा गर्नका लागि बजार र घरआँँगनमा कसले गाई ल्याउला र पूजा गरौंला भनेर उनीहरु व्यग्र पर्खाइमा थिए।

दुई अर्बको भाइमसला

परापूर्वकालमा बहिनी यमुनाको घरमा मृत्युका राजा मानिने दाजु यमराज पाँच दिनसम्म अतिथि बनेर बसे। पाँच दिनको अन्तिम बसाइको दिन बहिनी यमुनाले दाजु यमराजको पूजा गरिन् मृत्युदेव यमराजले प्रसन्न भई आरोग्य र दीर्घजीवनको आशिर्वाद दिए।

सर्वत्र फूलैफूल

पश्चिमेली मुलुकमा सामान्य भेटघाट हुँदा फूल उपहार दिने चलन भए पनि हाम्रोमा चाडपर्व र धार्मिक काममा बढी प्रयोग हुन्छ। यिनैमध्ये बढी फूल माग हुने पर्व हो– भाइटीका।

‘मखमली, सयपत्री र गोदावरी रैथाने होइनन्’

मखमली साउथ अमेरिका, पानामा र बाज्रिलमा पाइन्छ। त्यहीँबाट यी फूल नेपाल भिœयाएको इतिहास छ। गोदावरी चीन र एसियाका केही देशमा पाइन्छ। यो फूल तिनै देशबाट नेपाल भित्रिएको हो। सयपत्री पनि युरोपियन फूल हो।

मानवप्रेमी जनावर कुकुरः बफादार र अपराध अनुसन्धानमा सहयोगी (भिडियो)

हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो अर्थात् कात्तिक कृष्ण चतुर्दशीका दिन बिहान घरघरमा कुकुरलाई फुलमाला लगाएर पूजा गरी कुकुरलाई मन पर्ने खाना खुवाइदिने चलन छ।

तिहारका लागि भेंडाच्यांग्रा भित्रिए

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट तिहारको लागि भेंडाच्यांग्रा आयात गरिएको छ। तिहार आउन केही समय बाँकी रहँदा नाकाबाट ६० वटा भेंडाच्यांग्रा भित्रिएका हुन्।

यस्तो छ नेताको तिहार तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीसहित प्रमुख राजनीतिक दलका नेताले सर्वसधारणले जस्तै आफ्ना दिदीबहिनीको हातबाट भाइटीका लगाएर तिहार मनाउने तयारी गरेका छन्। दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वाससहित मनाइने भाइटीकाका लागि नेता पनि सर्वसाधारण जस्तै तयारीमा जुटेका हुन्।

आज लक्ष्मीपूजा

हिन्दुहरूको दोस्रो महान् पर्व यमपञ्चकको दोस्रो दिन आइतबार बिहान घरघरमा कुकुरको पूजा गरी साँझ लक्ष्मीपूजा गरिँदै छ। प्रत्येक वर्ष कात्तिक कृष्ण चतुर्दशीमा कुकुर तिहार मनाइने र कुकुरपूजाको भोलिपल्ट औंसीमा लक्ष्मीपूजा गर्नुपने शास्त्रीय विधान भए पनि यस वर्ष तिथि घटबढका कारण आइतबार साँझ नै लक्ष्मीपूजा गरिने भएको हो।

मोतिहारी–चितवन एलपिजी ग्यास पाइपलाइन सर्वेको उद्घाटन

अमलेखगन्ज–चितवन पेट्रोलियम पाइपलाइन र  भारतको मोतिहारीदेखि  चितवनसम्म खाना पकाउने एलपिजी ग्यास ल्याउन पाइलाइनको सर्वे कार्यको शनिबार एक कार्यक्रम गरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले अमलेखगन्जमा उद्घाटन गरेका छन्।

तिहारको विदामा समेत निगमको डिपो खुल्ला हुने

अन्य समय भन्दा चाडपर्वका बेला इन्धनको माग बढ्ने गर्छ। इन्धनको सहज आपूर्तिका लागि नेपाल आयल निगमले तिहार बिदाका दिन पनि डिपो खुला राख्ने भएको छ। चाडपर्वमा इन्धनको अभाव हुन नदिइनका लागि निगमले देशभरका डिपो खुला राख्ने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्