१४ आश्विन २०८१ सोमबार
image/svg+xml

टोखामा सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले टोखामा शाखा खोलेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोबार सुरु गरेर सो शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

स्टार हस्पिटल र मेगा बैंकबीच सहकार्य

स्टार हस्पिटल र मेगा बैंक नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा स्टार हस्पिटलका सिओओ चिकित्सक सन्देश जिसी, मेगा बैंकका सिबिओ महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन्।

८५ करोडको खानेपानी सम्झौता

सदरमुकामस्थित इलाम बजारमा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको सहरी खानेपानी आयोजनाको सम्झौता भएको छ। इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी), उपभोक्ता समिति, इलाम नगरपालिका र नगर विकास कोष गरी ४ पक्षबीच कुल ८४ करोड ७९ लाख १८ हजार ६ सय १५ रुपैयाँको सम्झौता भएको हो।

साँवा–ब्याज समयमा तिर्दैनन् ठूला ऋणी

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले एउटा ठूला व्यापारीलाई ऋण दिन एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई दबाब दिए।

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्ने : अर्थमन्त्री

विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

बैंकिङ कारोबार गर्न स्थानीय घण्टौं हिड्न बाध्य

बैंकिङ कारोबारका लागि खोटाङको जन्तेढुंगा गाउँपालिकाका स्थानीय घण्टौं हिँडेर उदयपुरको बेलटारसम्म पुग्न बाध्य बनेका छन्।

वित्तीय क्षेत्र सुधार्न विश्व बैंकले ११ अर्ब दिने

संघीयताको स्थिर मार्ग सुनिश्चित गर्दै समावेशी र समृद्ध भविष्य निर्माण गर्ने नेपालको प्रयासले बलियो समर्थन पाएको छ । विश्व बैंक समूहको कार्यकारी निर्देशकहरुको बोर्डले नेपालका लागि आगामी पाँच वर्षको कन्ट्री पार्टनरसिप फ्रेमवर्क (सिपिएफ) मा छलफल गरेपछि यो स्थिति बनेको हो।

‘प्रत्यक्ष वैदेशिक लगानी ‘एफडिआई’ बढाउनु पर्छ’

एक दशकभन्दा बढी बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका रोशनकुमार न्यौपाने विगत तीन महिनादेखि एनआइसी एसिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन्। प्रमुख आन्तरिक लेखापरीक्षकको रूपमा तत्कालीन बैंक अफ एसिया, नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले एनआइसी एसिया बैंकलाई उत्कृष्ट बैंक बनाउने अभियानमा लागेको बताउँछन् ।

नेपालको आर्थिक विकासमा विश्व बैंकलाई सहयोग गर्न आग्रह

अर्थमन्त्री युवराज खतिवडाले विश्व बैंकलाई नेपालको आर्थिक वृद्धि, सामाजिक न्यायसहितको विकास र समृद्धिको लक्ष्यमा सहयोग गर्न आग्रह गरेका छन्। विश्व बैंकका कार्यकारी निर्देशकहरूको संयुक्त बैठकलाई वासिङ्टन डिसीमा‌ सम्वोधन गर्दै मन्त्री खतिवडाले आगामी ५ वर्षको लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्