१४ आश्विन २०८१ सोमबार
image/svg+xml

बढ्यो बैंकहरुको नाफा

गत वर्षभर वाणिज्य बैंकहरुले लगानीयोग्य पुँजी (तरलता) को अभाव झेल्दै आएका दजनौं समाचार प्रकाशित गरिए । लगानी गर्न नपाएका भनिएका बैंकहरुको यही वर्ष नाफा भने बढेको देखिएको छ।

माछापुच्छ्रे बैंकले एम्बुलेन्स दियो

माछापुच्छ्रे बैंक लिमिटेड र भोजपुर कोट सेवा समाजले स्थानीयलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

१० बैंकले विदेशबाट ऋण ल्याउँदै

लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि १० बैंकले विदेशी वित्तीय संस्थाबाट करिब २० अर्ब ऋण रुपैयाँ ल्याउने प्रक्रिया सुरु गरेका छन्।

सानिमा लाइफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंक्यास्योरेन्स

मेगा बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

१८ वर्षपछि वाणिज्य बैंकको सेवा सुचारु

राष्ट्रिय वाणिज्य बैंकको साँघुटारस्थित शाखा करिब १८ वर्षपछि पुनः सञ्चालनमा आएको छ । बुधबार प्रदेश ३ का अर्थमन्त्री कैलाशप्रसाद ढुंगेलले उक्त शाखाको उद्घाटन गरे।

प्रभु बैंकका दुई शाखा थपिए

प्रभु बैंकले बुधबार दुई शाखा विस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशअन्तर्गत म्याग्दी जिल्लाको अन्नपूर्ण र मंगला गाउँपालिकामा शाखा विस्तार गरेको हो।

नबिल बैंकद्वारा शैक्षिक कर्जाको प्रवर्द्धन

नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रवर्द्धनका लागि अन्तक्र्रिया कार्यक्रम गरेको छ । अन्तर्क्रिया कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको बैंकले जनाएको छ ।

भूकम्प पीडितको सम्पत्ति लिलाम नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले भूकम्पपीडितको घरजग्गा लिलाम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको दुई वर्षमै धमाधम घरजग्गा लिलाम गर्न थालेपछि केन्द्रीय बैंकले त्यसो नगर्न सोमबार निर्देशन दिएको हो।

सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए

सेञ्चुरी कमर्सियल बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले चितवनको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा खोलेको हो।

सानेपामा लक्ष्मी बैंक

लक्ष्मी बैंकले ललितपुरको सानेपामा १७ औं शाखा सञ्चालनमा ल्याएकोे छ । बैंकले उपत्यकाभित्र आफ्नो शाखा विस्तार गर्ने क्रममा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

भोजपुरका सबै स्थानिय तहमा बैंक पुगेपनि धेरै जसो स्थानिय तहकाे कारोबार अझै शुरु भएको छैन। जिल्लाका दुई नगरपालिका र ७ वटा स्थानिय तहमा विभिन्न बैंकले शाखा सञ्चालनमा ल्याएका छन।

इटहरी वाणिज्य बैंकमा आधुनिक टोकन

राष्ट्रिय वाणिज्य बैंक इटहरीले शाखाले १ नम्बर प्रदेशमै पहिलोपटक आधुनिक टोकल प्रणाली सेवा सुरु गरेको जनाएको छ । ग्राहकलाई सुविधा दिँदै स्तरीय सेवा दिने उद्देश्यले सेवा सुरु गरेको शाखा प्रबन्धक सन्तोष लम्सालले बताए।

विकेन नेपाल बैंकको एफपीओ

नेपाल बैंक लिमिटेडले गरेको थप सार्वजनिक निस्कासन (एफपीओ) शेयर खरिदमा सर्वसाधारण लगानीकर्ताको चासो कम देखिएको छ। बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ खरिदका लागि अन्तिम दिन आज आइतबारसम्म ९७ लाख ८६ लाख कित्ताका लागि २ अर्व ७४ करोड रुपैयाँको मात्र आवेदन परेको बिक्री प्रबन्धक शिद्धार्थ क्यापिटलले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्