काठमाडौं – स्टार हस्पिटल र मेगा बैंक नेपालबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा स्टार हस्पिटलका सिओओ चिकित्सक सन्देश जिसी, मेगा बैंकका सिबिओ महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार स्टार हस्पिटलले मेगा बैंकका ग्राहक र ग्राहकका परिवारजनलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैंकको प्रिभिलेज कार्ड, डेबिट वा क्रेडिट कार्डमध्ये कुनै एक देखाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ३० श्रावण २०७५ ०४:५८ बुधबार