काठमाडौं – ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिट सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योतिका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र कुमारीका निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशसिंह भण्डारीले हस्ताक्षर गरेका छन्।
ज्योति विकास बैंकले हालै सञ्चालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका ८५ वटा शाखा कार्यालयबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैंकका ६० वटा शाखाबाट प्राप्त गर्न सकिने भएको छ । ज्योति चालु आर्थिक वर्षभित्रै थप ३० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ।
प्रकाशित: ३० श्रावण २०७५ ०४:५२ बुधबार