९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

सप्तरीका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

कोरोना भाइरसको संक्रमणबाट सप्तरीका एक पुरुषको बुधबार वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृगौला रोगी समेत रहेका संक्रमित खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।

पछिल्लो २४ घण्टामा थपिए १४ सय ५९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १ हजार ६२ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

भारतद्वारा नेपाललाई कोरोनाको उपचारमा प्रयोग हुने औषधी सहयोग

भारत सरकारले कोरोना उपचारमा प्रयोग हुने रेमडेसिभिर नेपाललाई प्रदान गरेको छ। मंगलबार भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दुई हजार भाइल रेमडेसिभिर औषधी हस्तान्तरण गरेका छन्।

कोरोनाका कारण थप १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। यस्तै पछिल्लो पटक देशभर ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौं उपत्यकामा थपिए ५१२ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५१२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४४० जना, भक्तपुरमा ४३ जना र ललितपुरमा २९ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा थपिए ११ सय ७० कोरोना संक्रमित

छिल्लो २४ घण्टामा ११ सय ७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ७९ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै कोरोना मुक्त हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ। यस्तै कुल संक्रमितको संख्या ५५ हजार ३ सय २९ रहेको छ।

चरक मेमोरियलमा कोरोना संक्रमितको उपचार हुनथाल्यो

निजी स्वास्थ्य संस्थाले पनि कोरोना संक्रमितको उपचार गर्न थालेका छन्। पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले अहिले कोरोना संक्रमितको उपचार गर्न थालेको हो। कोरोना संक्रमितको उपचार गर्नेमा चरक मेमोरियल गण्डकी प्रदेशभित्रकै पहिलो निजी स्वास्थ्य संस्था बनेको छ। निजीले उपचार थालेपछि बिरामीलाई केही सहज भएको छ।

कपिलबस्तुका २ जना संक्रमितको उपचारकै क्रममा रुपन्देहीमा मृत्यु

कपिलबस्तु चन्द्रौटाका दुई जना कोरोना संक्रमितको बुटवल र भैरहवाको आइसोलेटेड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ। कपिलबस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ४७ वर्षे एक महिलाको बुटवलको कोरोना अस्पतालमा र सोही स्थानका ५८ वर्षीय एक पुरुषको भैरहवा स्थित भिम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।

धादिङमा २७ जना सैनिक सहित ३१ मा कोरोना सङ्क्रमण

जिल्लामा आज ३१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। त्रिपुरासुन्दरी गाउँपलिकामा तीन र गल्छी गाउँपलिकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। गल्छीका २१ वर्षका तीन, २० वर्षका चार, ३० वर्षका तीन, ३५ वर्षका चार, १९ वर्षका दुई, ३४ वर्षका दुई, २७ वर्षका दुई, ३३ वर्षका दुई, ३६ वर्षका दुई, २६, ३८, ३७ र २२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीले जानकारी दिए।

नेकपा नेता श्रेष्ठले बनाए कोरोना स्वयमसेवा समूह

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ स्वयंसेवा समूह बनाएका छन्।

काठमाडौं उपत्यकामा थपिए ५ सय ९७ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा थपिए १ हजार ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ९ हजार १ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा उक्त रिपोर्ट आएको हो।

स्वास फेर्न गाह्रो भएपछि गृहमन्त्री शाह अस्पताल भर्ना

भारतका गृहमन्त्री अमित शाह शनिबार राति अस्पताल भर्ना भएका छन्। शाहलाई स्वास लिन गाह्रो भएपछि दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको हो।

अग्रपंक्तिका योद्धाहरू

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा खटिएका योद्धाले आफैँ संक्रमित भएर पनि आफ्नो कर्तव्य र भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैले अग्रपंक्तिका यी योद्धासँग डराउने होइन, सावधानीपूर्वक कोरोनासँग जोगिएर अगाडि बढ्ने हो।

काठमाडौं उपत्यकामा एकै दिन थपिए ६९६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय ९६ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६२० जना, भक्तपुरमा ३८ जना र ललितपुरमा ३८ जना रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्