९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलबस्तुका २ जना संक्रमितको उपचारकै क्रममा रुपन्देहीमा मृत्यु

कपिलबस्तु चन्द्रौटाका  दुई जना कोरोना संक्रमितको  बुटवल र भैरहवाको आइसोलेटेड अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ। कपिलबस्तुको शिवराज नगरपालिका  ५ चन्द्रौटाकी  ४७ वर्षे एक महिलाको बुटवलको कोरोना अस्पतालमा र सोही स्थानका ५८ वर्षीय  एक पुरुषको भैरहवा स्थित भिम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो।  

भदौ २१ गते उपचारकालागि बुटवल ल्याइएकी संक्रमित महिला मिर्गौला रोगी भएको र डायलसीस गराउँदै आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले बताए। अस्पताल आउँदादेखि नै गम्भिर अवस्था रहेकी ती महिलाको कोरोना अस्पतलको आइसीयुमा उपचार भइरहेको थियो। उनको सोमबार बिहान ४ बजे मृत्यु भएको डा गौतमले बताए।  

भैरहवाको भिम अस्पतलामा  उपचारकै क्रममा मृत्यु भएका संक्रमित पुरुष  भदौ २३ गते अस्पताल आएका थिए। भिमको आइसोलेसनमा उपचार भइरहेका उनको स्वास्थ्य स्थिती गम्भिर हुँदै गएपछि शुक्रबारदेखि आइसीयुमा राखेर उपचार गरीएको अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलले बताए। आइतबार राती साढे १० बजे ती पुरुषको मृत्यु भएको डा पोखरेलले जानकारी दिए।  

 

 

प्रकाशित: २९ भाद्र २०७७ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App