९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

कोरोनाबाट एक सैनिकको मृत्यु

नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ। काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन भएको यो साता पुष्टि भएको छ। यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ।

रुसमा बस्ने एक नेपालीले लिए कोरोनाविरुद्धको भ्याक्सिन

रुसमा बस्ने एक नेपालीले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लिएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बद्री केसीका अनुसार मस्कोमा कार्यरत ६१ वर्षीय डा. महेश श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको भ्याक्सिन लिएका हुन्।

बेलायतमा कोरोना भाइरसको दोस्रो लहर आएको प्रधानमन्त्री जोन्सनको भनाइ

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताएका छन्।

कोरोना भाइरसको उत्परिवर्तन खतरनाक छैन

सार्स–कोभ–२ सामान्य हिसाबले बिस्तारै परिवर्तन भइरहेको छ र यो परिवर्तन खतरनाक बनेको छैन।

एकै दिन थपिए २ हजार २० संक्रमित

पछिल्लो २४ घण्टामा दुई हजार २० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ सय ७१ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यस्तै ७ जना संक्रमितको मृत्यु भएको छ।

कोरोनासँगै बढे ‘रिभेन्ज पोर्न’का घटना

यो वर्ष कथित ‘रिभेन्ज पोर्न’ का घटना बढेका छन्। जानकारहरुका अनुसार लकडाउनको समयमा यो समस्या बढेर गएको छ।

रुसले बनाएको कोरोना भ्याक्सिनको परीक्षण कहाँ पुग्यो?

रुसले बनाएको कोरोना भाइसविरुद्धको भ्याक्सिन फेरी चर्चामा रहेको छ। 'स्पुतनिक वी' भ्याक्सिन लगाएका सात मानिस मध्ये एक जनामा समस्या देखिएको रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराशकोले बताएका छन्।

काठमाडौं उपत्यकामा थपिए ६ सय १८ नयाँ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०७ जना, भक्तपुरमा ५० र ललितपुरमा ६१ जना संक्रमित थपिएका हुन्।

एकै दिन थपिए १२४६ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १२ सय ४३ जना कोरोना मुक्त भएर घर फर्केका छन्।

मन्त्री पटेललाई कोरोना संक्रमण

भारतका केन्द्रीय संस्कृति तथा पर्यटन राज्यमन्त्री प्रह्लाद सिंह पटेललाई कोरोना संक्रमण भएको छ। उनले ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको बताएका छन्। उनले वुधबार राति ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको र आफ्नो सम्पर्कमा आएकाहरु सावधान रहन भनेका छन्।

कोरोना संक्रमित एक जनाको विराटनगरमा मृत्यु

प्रदेश १ मा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या थपिदै गएको छ। विराटनगरमा कोरोना भाइरसको संक्रमणका कारण बुधबार राति थप एक जनाको मृत्यु भएको छ।

प्रदेश १ मा थपिए १ सय ३३ संक्रमित, ५२ जना डिस्चार्ज

प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

एकै दिन थपिए १५ सय ३९ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा १५ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ३९जनामा संक्रमण भेटिएको हो।

उपत्यकामा कोरोनाबाट एक सातामै ३१ जनाको मृत्यु

काठमाडौ उपत्यकामा दैनिक वृद्धि भइरहेको कोरोना संक्रमणको कारण एक सातामै ३१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमण भएदेखि यता कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्