१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

कपिलवस्तुमा थप १७ जना कोरोना संक्रमित

कपिलवस्तुमा कोभिड-१९ थप १७ जना पोजेटिभ पुष्टि छ । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ४ सय ३१ पुगेको छ । बिहीवार दिउँसो १२ जना संक्रमित थपिएकोमा साँझ थप १७ जनामा कोरोना देखिएको हो । साँझ देखिएको १७ जना सबै संक्रमित कृष्णगनर नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुरका पत्रकारसहित ४ जना कोरोना जितेर घर फर्के

कोरोना भाइरस (कोभिड–१९) लाई परास्त गर्दै उदयपुरका पत्रकारसहित ४ जना बिहीबार घर फर्केका छन् । संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल विराटनगरमा उपचार गराउँदै आएका पत्रकार राकेश नेपाली र त्रियुगा नगरपालिका ३ भुल्के मस्जिद आसपासका ३ जनाको पछिल्लो दुईपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण

कपिलवस्तुमा १२ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै जिल्लामा संक्रमितको संख्या ४१४ पुगेको छ । थपिएका संक्रमितमा दुई पालिकाका तथा एक महिला र ११ पुरुष हुन् ।

खोटाङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

खोटाङका थप तीन जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिकामा थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले बताए ।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८८ हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ३१७ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ८९ हजार २९१ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

क्वारेन्टिनभित्र ‘मूर्ति मानव !’

सरकारी मापदण्ड अनुसारको न्यूनतम सुविधा बारे जानकार नहुँदा पनि गाउँका क्वारेन्टिनमा स्थानीय ‘मूर्ति मानव’ जस्तै बसिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४० स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा अहिलेसम्म ५४ हजार ७ सय ५७ जना मानिस आश्रय लिइरहेका छन् ।

तीन-चार दिनको बाटो पार गर्न २७ दिन

गाडीमा चढेर यात्रा गर्दा खोटाङबाट भारतको आगरा बढिमा तीन-चार दिनको बाटो हो । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राईलाई आगराबाट गाउँ आइपुग्न २७ दिन लागेको छ । गत मे २ तारिख (बैसाख २० गते) आगराबाट हिँडेका राजु जेठ १६ गतेका दिन बाक्सिला आइपुगेका छन् ।

पाकिस्तानमा कोरोना भाइरसका संक्रमित बढे

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ८० हजार ४८३ पुगेको बुधबार पाकिस्तानी अधिकारीले बताएका छन्।

कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, करिब ६५ लाख संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

‘कोरोना नियन्त्रणमा सरकार असफल’

नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाममा कर्णाली प्रदेश सरकार पूर्ण असफल भएको बताएको छ । कांग्रेसले प्रदेश सरकार कोरोना संक्रमण रोक्नुभन्दा कमाउने खेलमा लागेको आरोप पनि लगाएको छ ।

सुनसरीमा थप सात जनामा कोरोना संक्रमण

सुनसरीमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सात जना संक्रमित पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सागर प्रसाईंले बताए । संक्रमित सवै भोक्राहा नरसिंहकै हुन् ।

बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्ज

बैतडीका पहिलो कोरोना संक्रमित युवक १३ औं दिनमा डिस्चार्ज भएका छन् । जेठ ९ गते कोरोना पुष्टि भएका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकले १३ दिनमा कोरोना जितेर डिस्चार्ज गरिएको हो ।

कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या २७१ पुगेको छ । बुधबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।

‘नडराऔं, कोरोनालाई जितिन्छ’

रोजगारीका सिलसिलामा कतार पुगका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदे (हाल इटहरी ) का राजकुमार राईले कोरोना भाइरसको सामना गर्नुपर्ला भन्ने सायदै सोचेका थिए । तर, संसारभर आतंक सिर्जना गरिरहेको कोरोना भाइरसबाट राजकुमार पनि टाढा रहन सकेनन् । प्रवासमा काम गरिरकेका समयमा सजगता अपनाउँदा अपनाउँदै कोरोना भाइरसको सामना गर्न वाध्य भए । कतारकै एक अस्पतालमा भर्ना भए ।

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट

जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्