२० आश्विन २०८१ आइतबार
image/svg+xml

ग्याङ फाइटमा युवकको मृत्यु, तीनजना पक्राउ

दुई समूहबीच भएको ग्याङ फाइटमा चक्कु प्रहारबाट दार्चुलामा एक युवकको गएराति मृत्यु भएको छ। चक्कु प्रहार गर्ने समूहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

दुई नक्कली डाक्टर पक्राउ

काठमाडौँ-प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जले दुई नक्कली डाक्टरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

लुटेरा गिरोह पक्राउ

–बाटोमा गाडी रोकेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले घटनाको ८ घण्टाभित्र पक्राउ गरेको छ। सात जना लुटेरामध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी चार फरार छन्। सोमबार प्रहरीले पक्राउ परेकालाई सार्वजनिक गरेको छ।

यौनधन्दा गराउने होटल सञ्चालक पक्राउ

एक किशोरीलाई जबर्जस्ती भारतीय नागरिकसँग यौन सम्पर्कमा लगाउन खोज्ने इटहरी-१ का लुम्बिनी होटलका सञ्चालक रामजी खत्री आइतबार अबेर पक्राउ परेका छन् ।

बाल यौन दुराचारमा संलग्न भएको आरोपमा अमेरिकी नागरिक पक्राउ

काठमाडौँ- बालयौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ।

प्रहरीको हतियार खोस्न खोज्ने छ जना पक्राउ

दाङ- ईलाका प्रहरी कार्यालय तुल्सीपुरबाट सादा पोशाकमा खटिएको प्रहरीको हतियार खोस्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीमाथि जर्वजस्ती गरेको आरोपमा श्रीमान् पक्राउ

उदयपुर-आफ्नै श्रीमतिलाई जबरजस्ती करणी गरेको आरोपमा यहाँका एक युवक पक्राउ परेका छन्। जिल्लाको पूर्वी बेलटार–बसाहा नगरपालिका १ का उनीविरुद्ध आफ्नै श्रीमतिले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएको आधारमा युवक पक्राउ परेका हुन्।

बलिदिन सानो भर्‍याङबाट युवती अपहरण गर्ने पक्राउ

बलि दिने उद्देश्यले काठमाडौं सानो भर्‍याङबाट युवती अपहरण गर्ने एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ। तान्त्रिक विधिद्वारा चामत्कारिक आर्थिक लाभ प्राप्त गर्न तान्त्रिक गुरुले १६ वर्षे कन्याको बलि दिनुपर्ने बताएपछि थापा सहितकाे समूहले साउन १४ गते युवती अवहरण गरेको थियो।

मोबाइल चोरेर भाग्दाभाग्दै पक्राउ

काठमाडौं महानगरपालिका–३५ तिनकुनेस्थित तरकारी बजारमा मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा सप्तरी भारदा–७ घर भएका १८ वर्षीय सुरज गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

श्यामसुन्दर गुप्ताका सहयोगी प्रहरी निरीक्षक पक्राउ

काठमाडौं- पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा प्रहरीले भैंसेपाटी प्रभागका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ।

पूर्वमन्त्री गुप्ता पक्राउ

काठमाडौं- पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरकी एक महिला उद्यमीलाई धम्काएर पैसा मागेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

सात हत्याका आरोपी रइस मियाँ पक्राउ, यस्तो छ उनको अपराध यात्रा

राजविराज- लामो समयदेखि सप्तरी प्रहरीको मस्टवाण्टेड सूचीमा रहेको सात वटा हत्याका अभियुक्त भारतीय नागरिक मोहम्मद मस्तकिम भन्ने रइस मियाँलाई प्रहरीले पक्राउ गरेको छ।

मोटरसाइकल लुटपाटमा संलग्न चार पक्राउ

इटहरी- इटहरी तथा आसपासका क्षेत्रमा मोटरसाइकल लुटपाट गर्ने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

जुम्लामा कडन सर्च अप्रेशन, हतियारसहित ६ पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले जिल्लाका विभिन्न स्थानमा लुटेराको विगविगी भइरहेको गुनासो वढेपछि कडन सर्च अप्रेशन शुरु गरेको छ। अभियानअन्तर्गत प्रहरीले हतियारसहित ६ जना लुटेरालार्इ पक्राउ गरेकाे छ।

बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ

गाउँमा रामलिला मेला लागेको मौका छोपी एक महिलालाई बालात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्